काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय गरेका छन्।
महामन्त्री कोइरालाको जिल्ला भ्रमण चैत्र ११ गतेबाट सुरु हुनेछ। कोइराला दाङमा जिपी कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुनका लागि चैत्र ११ गते दाङ जानेछन्।
उनले १२ गते दाङमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका निजि सचिव एवम् कांग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिए।
महामन्त्री कोइराला दाङपछि नेपालगञ्ज जाने कार्यक्रम रहेको छ।
नेपालगञ्जमा कोइरालाले चैत्र १३ गते नेपालगञ्जमा जिल्ला कार्यसमिति बाँकेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।
महामन्त्री कोइरालाले नेपालगञ्जबाट कपिलवस्तुमा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नका लागि चैत्र १४ गते कपिलबस्तु पुग्नुेछन्।
उनी कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेर रुपन्देहीको बुटवलमा बास बस्ने वा कपिलवस्तु बस्ने भने तय भइसकेको छैन्। त्यसैगरी कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ।
उनले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्।
१५ गते पाल्पा नै बसेर कोइराला चैत्र १६ गते गुल्मीका लागि प्रस्थान गर्नेछन्।
उनी १५ गते गुल्मी बस्नेछन् भने चैत्र १७ गते नेपाली कांग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।