काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी चैत्र मसान्तभित्र द्वन्द्वपीडितको समस्या समाधान गर्ने दाबी गरेका छन्।
मन्त्री ढकालले संवैधानिक व्यवस्थाअनुसार अतिआवश्यक कानुन निर्माणको काममा केन्द्रित हुनु परेकाले द्वन्द्वपीडितको समस्या समाधान गर्न ढिलाई हुन गएको पनि स्पष्ट पारे।
द्वन्द्वकालीन पीडालाई सम्बोधन गर्न सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद आगामी चैत्र मसान्तसम्म थप गर्नु परेको पनि स्मरण गराए।
आइतबार काठमाडौंमा आयोजित द्वन्द्वपीडितका पीडा समेटेर बनाइएको ‘चहराइरहेका घाउ’ नामक वृत्तचित्रको उद्घाटन गर्दै मन्त्री ढकालले द्वन्द्व पीडितहरुको समस्या समाधान गर्न आवश्यक सुझाव दिन पनि सबै पक्षलाई आग्रह गरे।
मन्त्री ढकालले पीडित पक्षसँग घनीभूत छलफल गरेर सरकारले द्वन्द्व पीडितहरुको समस्या समाधान गर्ने पनि दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।