काठमाडौं– चैत १ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पुरानो बुलेट’को 'च्यारिटी शो' सम्पन्न भएको छ। मोरङको पथरीस्थित कञ्चन चलचित्र मन्दिरमा गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ उक्त 'शो' गरिएको हो।
करीब ५ सय दर्शकका बीचमा देखाइएएको उक्त 'च्यारिटी शो'पछि फिल्म युनिटले दर्शक प्रतिक्रिया र सुझावसमेत लिएको फिल्मका निर्देशक भीषण राईले जानकारी दिए।
क्रेजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मले पूर्वेली जनजीवनलाई दर्शाउँछ। सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशन रहेको फिल्मकाे यसअघि हङकङमा 'वर्ल्ड प्रिमियर' गरिएको थियो।
फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिकाराम राईलगायत कलाकारहरुको अभिनय रहेको छ। निर्देशक राईकै कथा/पटकथा रहेको फिल्ममा हरि घले लामाको छायांकन रहेको छ।
फिल्ममा उत्तम जंग लिम्बु र जयन जे वाइवाको संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे वाइवा र उत्तम जंग लिम्बुको गायन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।