काठमाडौं– लक्ष्मी संग्रौलाको शब्द संगीतमा रहेको गीत ‘आकाशका जुनतारा’ सार्वजनिक भएको छ।
संग्रौला आफ्नाे एकल एल्बम ‘प्रारम्भ’ सार्वजनिक गर्ने तयारीमा छन्। साेही एल्बममा समेटिएकाे गीत एल्बमअघिनै युट्युबमार्फत सार्वजनिक गरिएकाे हाे।
गीतमा गायिका अन्जु पन्त र गायक सान्तिम कोइरालाको युगल स्वर सुन्न सकिन्छ।
रोमान्टिक भावमा तयार गीतको भिडियोमा बेनिशा हमाल र प्रनिपराज अधिकारीको प्रेमाभाव प्रस्तुत गरिएको छ। उदयराज पौडेलेकाे एरेन्ज तथा फिरोज बज्राचार्यको मिक्सिङ रहेको गीतमा करन चैसिरको छायाँकन रहेको छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।