काठमाडौं– नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले अर्थतन्त्रमा सुधारको कुनै हालत नदेखेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रिजालले चुनावको बेला गरिएको चर्का भाषणले सरकारले केही त गर्ला भन्ने लागे पनि नतिजा भने त्यस्तो नदेखिएको रिजालले बताए।
'यत्रो डंका बजाएर आएको सरकार छ। तर अहिलेसम्म चालु खर्च ३५ प्रतिशत भयो। पुँजीगत खर्च १७ दशमलव ७ खर्च भएको छ। अघिल्लो वर्ष १४.३ प्रतिशत भएको थियो। कति फरक भयो त?', उनले सोधे, 'यसरी ठूलो मत लिएर आएको सरकार, केके न गर्छु भन्ने सरकार कहाँ पुग्यो त? पुगेको ठाउँ देख्ने केही पनि आधार भएन।'
'सरकार बन्दा तारा होइन, जुनै झारिदिउँला भन्ने गीत गाएर आएको थियो, सरकारको वर्षदिन बित्दा बजेट कार्यान्वयनको पहिलो छ महिनाको अवधि हेर्ने हो भने ठट्टैमा जान लाग्यो यो जोवन भनेजस्तो छ', रिजालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।