एजेन्सी- अभिनेत्री शिल्पा शेट्टी आमा बनेर जब बाहिरी संसारसामु गइन्, त्यतिबेला उनको शरीर आमा बन्नुअघि भन्दा रत्तिभर पनि मोटाएको थिएन । यो सब फिटनेस प्लानको कमाल हो । आमा बनेपछि पनि खानपानमा अनुशासित हुने र योगका निश्चित आसन गर्न सकिन्छ । यसो गर्दा आमाको फिटनेस हराउन पाउँदैन,’ योगसम्बन्धी विभिन्न डीभीडी सार्वजनिक गरिसकेकी योगगुरुसमेत रहेकी शिल्पाले भनिन् ।
उनी आफ्नो शरिरलाई जवान देखाउनका लागि नियमित योग गर्ने र खानपिनमा विशेष ध्यान दिने गरेको बताउँछिन् । प्रशस्त मात्रामा पानी पिउनु पनि स्वस्थ हुनुको एउटा कारण रहेको उनी बताउँछिन् । फिल्मलगायत अन्य काममा व्यस्त भइरहँदा पनि उनी योग र शरिरको ख्याल राख्न समय मिलाउँछिन् । ३७ वर्षमा आमा भएकी उनी अरूलाई चाहिँ यति ढिलो बच्चा नजन्माउन सल्लाह दिन्छिन् । ‘यसको स्वास्थ्यसम्बन्धी मात्र होइन, अन्य कारण पनि छन्,’ शिल्पा भन्छिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।