कपाल झर्नु सामान्य प्रक्रिया हो । तर जब कपाल कोर्दा काइँयोमा अस्वाभाविकरुपले कपाल बेरिएर आउने गर्छ, तब समस्या हो भनेर बुझ्नुपर्ने हुन्छ । कपाल झर्ने समस्या महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ । कपाल झर्नाका थुप्रै कारण छन् । तीमध्ये शरिरमा कुनै पनि किसिमको गम्भीर रोग लाग्दा र लामो समय बिरामी पर्दा पनि कपाल झर्ने गर्छ । यसबाहेक कपालको उचित सरसफाइ र स्याहार नपु¥याउँदा पनि कपाल झर्ने गर्छ ।
एक अनुसन्धान अनुसार बढीमात्रामा आधा उमेर बितेका पुरुषमा यो समस्या बढी देखिएको छ । कपाल झर्ने समस्यामा परेका धेरैजसो पुरुष तालुखुइले अवस्थामै पुग्ने गरेका छन् । तालु खुइलेपनले मनोवैज्ञानिकरुपमा हीनताबोध गराउनेगर्छ । चायाले पनि कपाल झर्ने समस्या बहुतै ल्याउँछ । भिटामिन ए, भिटामिन इ, भिटामिन के र आइरनको कमीले पनि कपाल झर्नसक्छ । समाधान समाधानका लागि पोषिलो खानेकुरा खानु जरुरी छ ।
उपयुक्त आहारमात्र होइन आफ्नो शरीरको पनि उत्तिकै ख्याल राख्नुपर्छ । निद्रा नपुगेको खन्डमा पनि कपाल झर्छ । साथै तनाव नियत्रण गर्नु आवश्यक छ । अचेल शहरी क्षेत्रका धेरैजसो युवावर्गको खानपानमा ध्यान नपु¥याउने, प्रदूषण र तनावले पनि कपाल झर्ने गरेको छ । धेरै गुम्सिनु पनि केश झर्ने अर्को कारण हो । हेल्मेट र टोपी लगाउनेहरुमा पनि यो समस्या धेरै हुन्छ ।
कम्तीमा हप्ताको एक दिन कपालमा तेल लगाएर मालिस गर्नु राम्रो । यसो गर्नाले केशको जरामा रक्तसञ्चार राम्रो गराउँछ र केशको जरा दरिलो बनाउँछ । गर्मी मौसममा नरिवल र जाडोका बेला तोरीको तेल उपयुक्त हुन्छ । यति गर्दा पनि केश झर्न नरोकिए डाक्टरकहाँ जँचाउनुपर्छ । कतिपयको केश झर्ने समस्या वंशानुगत पनि हुने गरेको पाइन्छ । यस्तो अवस्थामा नेपालमा समेत केश प्रत्यारोपण गर्ने विधि भित्रिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।