कालेस्टेरोल रगतमा पाइने एक प्रकारको बोसो हो । रगतमा बोसोको मात्रा सामान्य भन्दा बढि भएमा सो बोसो रगतको नलिको भित्तामा बसेर नलिलाई साघुरो बनाउछ, जसले रक्तप्रवाहमा कमी हुनसक्छ । उच्च कालेस्टेरोलले मुटुको रक्तनली (कोरोनरी आर्टरी) साँघुरो भएर बन्द हुने अवस्थामा पुग्न सक्छ । यस्तो अवस्थालाई हर्टअट्याक भनिन्छ । युवाहरुमा देखिने हर्टअट्याकको प्रमुख कारण हाइ कालेस्टेरोल हो ।
रगतमा कालेस्टेरोलको मात्रा बढी हुने प्रमुख २ कारणहरु हुन्छन् । पहिलो धेरै चिल्लो खाना र दोस्रो वंशाणुगत कारण हुन्छ । रगतमा कालेस्टेरोलको मात्रा बढी भएको कुनै लक्ष्यण देखिदैन । हाइ कालेस्टेरोलको लक्ष्यणको रुपमा एकैपटक हर्टअट्याक वा ब्रेन स्ट्रोक देखिन सक्छ । त्यसैले २० वर्ष भन्दा माथीका सबै मानिसले कम्तिमा पनि वर्षमा एकपटक रगत परीक्षण गरी कालेस्टेरोलको मात्रा थाहा पाउनुपर्छ । खानपान, मोटोपना र शारीरिक गतिविधिमा कमीका कारण कोलेस्टेरोलको मात्रा बढ्दै जान्छ ।
उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मोटा मानिसलाई कोलेस्टेरोल हुने सम्भावना बढी हुन्छ । कोलेस्टेरोल बढी भएमा सुगर, रक्तचाप, थाइराइड र मुटुको जाँच गराउनु पर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।