काठमाडौं– वसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा भएको विष्फोट विप्लव समूहले गरेको प्रहरीले आशंका गरेको छ।
शुक्रबार साँझ व्यवसायी गुरुङको घरमा राखिएको कारमा बम विष्फोट भएको थियो।
गुरुङले आफ्नो गाडीमा पहिले नै बम राखेको अनुमान गरेका छन्।
विष्फोटका कारण गाडी पूर्णरुपमा ध्वस्त भएको छ भने घरमा आगलागी भएर क्षति भएको छ।
विष्फोटका कारण एक जना घाइते भएको प्रहरीले जनाएको छ।
गुरुङको घरमा विष्फोट भएपछि त्यस क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।
गुरुङ वैदेशिक राेजगार व्यवसायी संघका अध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।