काठमाडौं– वसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा विष्फोट भएको छ।
विष्फोटका कारण एक जना घाइते भएको प्रहरीले जनाएको छ।
व्यवसायी विमल ढकालका अनुसार अज्ञात समूहले पहिले नै गाडीमा बम राखेको अनुमान गरिएको छ।
विषफोटनका कारण गाडी पूर्णरुपमा ध्वस्त भएको छ भने घरमा आगलागी भएर क्षति भएको छ।
गुरुङको घरमा लागेको आगो निभाउन दमकल पुगिसकेको व्यवसायी ढकालले बताए।
गुरुङ वैदेशिक राेजगार व्यवसायी संघका अध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।