काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अपहरण गरेको भनिएकी बझाङकी प्रदेश सांसद देवकी मल्ल थापा सम्पर्कमा आएकी छन्।
समानुपातिकबाट सांसद बनेकी थापालाई शुक्रबार बिहान विप्लव समूहले कब्जामा लिएको थियो। उनी दिउँसो सम्पर्कमा आएको बझाङका डिएसपी प्रवीण धितालले जानकारी दिए । ‘उहाँ सम्पर्कमा आइसक्नुभएको छ। थप विवरण उहाँलाई भेटेपछि नै थाहा होला,’ डिएसपी धितालले भने।
समानुपातिकबाट सांसद बनेकी थापालाई शुक्रबार बिहान विप्लव समूहले कब्जामा लिएको बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।