काठमाडौं- अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टीसँग सत्तारुढ दलको नाम मिल्न गएकोमा प्रधानमन्त्रीले आपत्ति प्रकट गरेका छन्।
मधेसमा पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँग राजनीतिक सहमति गर्न आयोजित कार्यक्रममा उनी विप्लव माओवादीप्रति निकै आक्रामक देखिए । सत्तारुढ दलको नाम पनि नेकपा भएकोप्रति लाज हुने अवस्था आएको उनले मन्तव्यका क्रममा बताए। विप्लवको पार्टी नेकपा नभएको प्रस्ट्याउँदै उनले भने, ‘हुदाँ पनि होइन। विप्लव समूह भन्ने छ एउटा...'
लुट्नका लागि बनाएको पार्टीले नेकपा भन्ने बर्को फाल्न उनले कडा चेतावनी दिए । उनले भने, ‘आफूले पनि नेकपै भन्नुपर्या छ। त्यस्ताले पनि नेकपा भनेका छन्। बेइज्जत हुन्छ नेकपा भन्न।’
विप्लव नेकपाको पर्चा हेरिरहेको उनले बताए। बन्दुक, गोली, एसएमजी, एलएमजी, समात्दा जनतालाई दमन गर्न पाइन्छ भन्दै कुर्लिएको भन्दै उनले आपत्ति जनाए। भने, ‘घरभित्र बन्दुक राखेर बस्ने। खानतलासी किन गरेको भन्ने?’
‘कम्युनिस्ट पार्टीको नाम राख्न बन्द गर। लुटेरा समूह नाम राख। लुटेरा समूह अरु पनि छन् भने लुटेरा समूह विप्लव राखे हुन्छ,' प्रधानमन्त्रीले भने।
शान्ति सुरक्षा कायम गर्ने काम सरकारको जनाउँदै सरकारले शान्ति सुरक्षा कायम गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।