• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नयाँ कथा खोज्दै \'थिम्याटिक डाइरेक्टर\'

64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  ०६:३७
1140x725

करिब ६ वर्षअघि,

मनोज पण्डित एकदिन बुटवलदेखि नारायणघाटसम्म यात्रा गर्दै थिए। यात्रामा उनको हातमा एउटा पुस्तक थियो- ‘गैंडालाई ४ वर्ष’। त्यो कमलजंग कुँवरद्वारा लिखित संस्मरण थियो।

मनोजलाई पढ्ने उत्सुकता बढेर आयो। उनले संस्मरणको पहिलो पन्ना पल्ट्याए र धाराबाहिक रुपमा पढ्न थाले।

पढ्दै जाँदा उनी कथानकमा गहिरोसँग डुबे। यतिसम्म कि उनलाई त्यहाँबाट तंग्रिन ‘हम्मेहम्मे’ पर्‍याे। गैंडा जोगाउन संघर्ष गर्ने मान्छेको कथा थियो त्यो।

कथा पढेको महिनौँसम्म उनले उही पात्रको बारेमा सोच्न थाले। जसले तस्करहरूको विरुद्ध कदम चालेको थियो।

‘के यस्तो नायक अझै छ हाम्रो समाजमा?’

मनोज जति-जति आफूलाई प्रश्न गर्थे, त्यो नायकप्रति उनको आदरभाव बढेर जान्थ्यो।

‘कहाँ छ त यस्तो नायक?’

Ncell 2
Ncell 2
nimb
nimb

कल्पनामा उनले साेही नायकलाई खोज्न थाले। खोज्दा-खोज्दै छट्पटिन थाले। मनमा पीडाहरूको आगो बल्न थाल्याे। तर, अहँ! उनले त्यो नायक भेट्टाएनन्।

बरु लामो समयको छट्पटीपछि उनले निष्कर्ष निकाले कि मैले खोजिरहेको नायक हामी आफैंभित्र छ।

उनी त्यसलाई उजागर गर्ने माध्यम सोच्न थाले। त्यसको उपयुक्त माध्यम थियो ‘फिल्म’।

उनी फिल्ममेकर थिए। स्तरीय फिल्म बनाउन वर्षौँ साधना गर्ने। मनोजले मनमनै प्रतिज्ञा गरे, 'म यसबारे फिल्म बनाउँछु।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसको केही समयपछि उनले एउटा डकुमेन्ट्री फिल्म बनाए। फिल्मको नाम थियो ‘छाँया’। जुन फिल्मले थुप्रै अभिभावकलाई सन्तानसँग नजिक बनायो। बाल यौन दुर्व्यवहारको विषयमा आधारित यस फिल्मले सामाजिक सचेतनाका निम्ति महत्वपूर्ण भूमिका खेल्यो।

'छायाँ' फिल्मबाट उनले चर्चामात्र हैन सन्तुष्टि र अधिक खुसी बटुले। तर, उनी पूर्ण सन्तुष्टि अझै थिएनन्। किनकि, उनको आँखामा त्यस संस्मरणको पात्र घुमिरहन्थ्यो। सम्झन्थे गैंडाको अस्तित्वको निम्ति संघर्ष गर्ने नायक। त्यसपछि उनले त्यही संस्मरणमा आधारित फिल्म बनाउने योजना बुने।

त्यसपछि कथा खोजे, कथालाई न्याय गर्ने पात्र खोजे। लगानीकर्ता खोजे। लामो समयको संघर्ष र मेहनतपश्चात् तयार भयो फिल्म। र नाम राखे- 'खाग'।

साेही फिल्म ‘खाग’ शुक्रबारबाट प्रदर्शनमा आएकाे छ।

'खाग' एउटा संरक्षणको कथा हो। सामाजिक उत्तरदायित्वको कथा हो। आशाको कथा हो', मनोज भन्छन्, ‘हामीसँग सबै कुरा छ। केवल इमानदारिताको अभाव छ। यही नहुनाले हामी पीडित छौँ।’

तर, मनोजलाई यो पनि थाहा छ कि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर दायित्व निर्वाह गर्ने मानिस पनि हुन्छन् समाजमा। भन्छन्, 'त्यस्तै मानिसको कथा हो खाग।’

फिल्मको अधिकांश सुटिङ चितवन, हेटौंडा र नवलपरासीमा गरिएकाे छ। निकुञ्ज वरिपरि रहेर सुटिङ गर्ने क्रममा निकै कठिनाइ आएको उनको अनुभव छ। सुटिङका क्रममा थुप्रै कलाकार घाइते भएका र हात्तीको दाराले लागेर चोटपटक लागेकाे सम्झना उनीसँग ताजै छ।

सुटिङ गर्ने स्थान निकुञ्ज र वरपरकाे क्षेत्र रहेकाेले जंगली जनावरको निकै जोखिम हुनु स्वभाविक थियो। उसो त त्यो कालखण्डको विश्वसनीयता कायम गर्नु उनका लागि अर्को चुनौती। यिनै जाेखिम र चुनौतीका बाबजुद पनि फिल्म बनाउन सफल भएकोमा उनी खुसी छन्।

मनोज फिल्म बनाउने क्रममा पात्रसँग अन्तरसंवाद गर्छन्। कहिलेकाहीँ उनलाई पात्रले रुवाउँछ पनि। जब पात्रले 'मोटिभेट' गर्छ, तब उनी फिल्म बनाउँछन्। ‘खाग’लाई पनि उनी त्यसैको उपज ठान्छन्।

‘फिल्ममा नाफाको आशा राख्नुहुन्छ?’

उनी मुस्कुराउँदै भन्छन्, ‘म नाफाको लागि फिल्म बनाउन्न नि।’

हलमा चलोस् वा नचलोस्, फिल्मबाट नाफा कमाउने स्वार्थ कहिल्यै नराख्ने रहेछन् उनी। भन्छन्, ‘मलाई नाफा हाेइन, बहस चाहिएको छ। मैले बनाएका फिल्ममा बहस हुनु मेरो निम्ति ठूलो नाफा हो।’

आफ्नो काममा विश्वास राख्छन् मनोज। उनी दृढ छन्, कि उनका फिल्महरू जीवन्त रहनेछन्। हरेक पुस्ताले खोजी-खोजी हेर्नेछन्। यो विश्वास उनलाई अघिल्ला कामहरूले दिलाएकाे हाे।

फिल्म ‘खाग’ कै प्रमोसन पनि कसैले गरिदिओस् भन्ने उनलाई चाहना छैन। फिल्मको सबै जिम्मा दर्शकलाई छाडिदिएका छन् मनोजले। भन्छन्, ‘फिल्म स्तरीय भए आफैं प्रमोसन हुन्छ।’

उनले निर्माण गरेका प्रायः फिल्म हिजो, आज र भोलिका निमित्त बहसका विषय बन्छन्। ग्रेटर नेपाल, बधशाला र छाँया आफ्नो जीवनकै ठूलो सफलता मान्छन् उनी।

जोखिम मोल्न तयार
मनोजकाे एउटै सिद्धान्त छ - सिनेमाले सधैं राजनीति गर्नुपर्छ।

साेहीअनुरुप उनी आफ्नो फिल्मलाई समाजसँग जोड्न चाहन्छन्। शक्ति संरचनासँग हस्तक्षेप गर्न चाहन्छन्। शक्तिले सधैं कमजोर पक्षलाई दबाउने र थिच्ने काम गर्छ। उनका सिनेमा याे पक्षकाे सधैं प्रतिवादमा उत्रिन्छन्।

फिल्म निर्माणका क्रममा राजनीतिक दबाब पनि खेप्नुपरेको अनुभव सुनाउँछन् उनी। मनोज ‘ग्रेटर नेपाल’ निर्माण ताकाका घटना सम्झन्छन्–

'त्याे समय 'ग्रेटर नेपाल' बनाउन त के सोच्न पनि मुस्किल थियो। 'ग्रेटर नेपाल' त्यस्तो ठाउँमा छायाँकन गर्नुपर्दथ्यो, जहाँ हाम्रो देशको सिमाना मिचिएको थियो। इतिहासमा हामीले गुमाएका भूगोलमाथि टेकेर मेरो देशको भूगोल भनेर संघर्ष गर्नु कठिन कुरा थियो', त्याे समयलाई उनी पुन: सम्झन्छन्, 'ठूलै जोखिम मोलेर ‘ग्रेटर नेपाल’बनाएँ।'

'ग्रेटर नेपाल' बनाएपछि मनोजलाई एउटा राष्ट्रिय पुरस्कार दिइने घोषणा भएछ। उनले अघिल्लो दिन अवार्डस्वरुप २ लाखको चेक बुझेका रहेछन्। भोलिपल्ट उनलाई त्यसको स्वर्णपदक दिइँदै थियो।

तर, भोलिपल्ट नाम अरुको आयो। उनी दुःखी भएनन्। आपत्ति पनि जनाएनन्।

‘किन खोसियो त पुरस्कार?’

'कारण थिए भारतीय दूतावास र त्यसताका प्रधानमन्त्री हुने चक्करमा लागेका नेता प्रचण्ड', मनाेज भन्छन्, 'उनीहरूकै दबाबमा पुरस्कार खोसिएको रहेछ। यद्यपि, प्रत्यक्ष दबाब दिने आँट भने कसैले गरेनन्।'

यी व्यवधानबीच पनि फिल्मले लगानीको ७ सय गुणा नाफा गर्‍याे। यसमा सायदै मनाेजबाहेक अरु काेही खुसी हाेलान्।

दासढुंगा बनाउनु नै गलत
आफूले बनाएको फिल्ममा फिल्ममेकरहरू गर्व गर्छन्। सकेसम्म आफ्नै फिल्मका कमजोरी भन्न हिच्किचाउँछन्। मनोज भने दर्शकले सर्वाधिक रुचाए पनि आफ्नै फिल्मका कमजोरी पक्षलाई खुलेआम केलाउन सक्छन्।

उनकाे करियरकै पहिलाे फिल्म थियाे ‘लक्ष्य’। यो फिल्ममा उनी गर्व गर्दैनन्। भन्छन्, ‘हिट भयो। तर, मेरो लागि यो झुर फिल्म हो।’

दासढुंगा पनि निकै रुचाइएको फिल्म हो। तथापि यस फिल्ममा उनका आफैंप्रति थुप्रै गुनासा रहेछन्।

पछुताउने गरी किन फिल्म निर्माण गरियो त?

मनाेज जवाफमा जाेडिए, ‘म सानो हुँदा मेरो बुबा नेता मदन भण्डारीको हत्याबारे सधैं चिन्तित हुनुहुन्थ्यो। मलाई सानैदेखि प्रश्न थियो- कसले यो षड्यन्त्र गर्‍यो? त्यही आवेग पछिसम्म रह्यो र फिल्म बनाएँ। तर, अहिले आएर लाग्छ मैले दासढुंगा बनाएर गल्ती गरेँ।’

‘मैले सामान्य मान्छेको कथा भनेको भए हुन्थ्यो। तर, राजनीतिज्ञ नेताको कथाबारे बोलेर आम मानिसलाई केही दिन सकिनँ। समाजलाई योगदान दिन सकिनँ', गुनासाहरुबारे उनी खुल्दै गए, 'दासढुंगा दुर्घटना कसले र किन गरायो भन्ने कुरा यो समाजका लागि अहिले आवश्यक थिएन। मैले न्याय गर्न सकिनँ। शंकाको घेरामा मात्र छाडिदिएँ।’

उनी ‘बधशाला’बाट भने निकै सन्तुष्ट छन्। ‘बधशाला’ले जनयुद्धको कथा मात्र बोलेको छैन। मानवताको पराकाष्ठाको प्रतिनिधित्व गरेको छ। उनी भोलि पनि देशमा विद्रोह हुने सम्भावना देख्छन्। भन्छन्, ‘बधशाला मैले भोलिको लागि बनाएको हो। विद्रोह भोलि पनि हुनसक्छ। तर, विद्रोहको नाममा सत्ताले पनि सामान्य मान्छेलाई अमानवीय व्यवहार गर्न पाउँदैन।’

तर, ‘बधशाला’को तत्कालीन समयमा सही समालोचना हुन नसकेकोमा उनी दुःखी छन्। भन्छन्, 'यसको सही रिभ्यू भएन। फिल्ममाथि राजनीति भयो। यसकारण मलाई यो विषयमा पीडा छ।’

फिल्म ‘छाँया’ बनाउनुमा भने मनाेजलाई कुनै गुनासो छैन। 'छाँया' बनेको कारण आफू सचेत भएको लाग्दाेरहेछ उनलाई।

खासमा ‘छाँया’ एउटा गैरसरकारी संस्थाकाे 'प्रोजेक्ट' रहेछ। तर, त्यसलाई उनले गम्भीर रुपमा ढालेर चलचित्रमा प्रस्तुत गरे। छाँयाले हरेक बा-आमाको लागि महत्वपूर्ण योगदान दिन सकेकोमा उनी खुसी छन्।

फरक स्वादका फिल्म
मनोजका अधिकांश फिल्मले सधैं कुनै न कुनै सामाजिक मुद्दा बोक्ने गर्छन्। अनि तत्कालीन समयमा विवादको घेरामा तानिन्छन्। तर, कालान्तरमा भने इतिहास बन्छन्।

उनी आफ्नो फिल्ममा 'मसालेदार' तत्वहरूको कमी भएको स्वीकार गर्छन्। सामान्य दर्शकलाई हलसम्म तान्ने तत्व पनि यिनै हुन्। उनी यी तत्वलाई ध्यान दिन पनि चाहँदैनन्।

‘शुक्रबार र शनिबारमा सीमित हुने सिनेमाको भिडबाट म मुक्त छु। मेरा सिनेमा जीवन्त चल्छन्', उनी थप्छन्, 'निर्माता, वितरक र हलवालाले कमाउन कै लागि अरु सिनेमा छन्। वर्षमा यस्ता फिल्म एक/दुई वटा बन्छन्। त्यसलाई उनीहरूले ठाउँ दिनुपर्छ। सही सम्मान दिनुपर्छ।’

पछिल्लो समय दर्शकले फिल्ममा भिन्नै स्वाद खोज्न थालेका छन्।

समाजका यथार्थ मुद्दा बाेकेका फिल्मलाई दर्शकले रुचाउन थालेको उनको अनुमान छ। भन्छन्, ‘समाज बहस गर्ने ठाउँमा पुगेको छ। समाजको चेतना खुल्दै आएको छ।’

आफ्नै कथाको खोजी 
नेपाली फिल्मी क्षेत्रमा मनाेजले साधना गरेकाे २ दशक नाघिसकेकाे छ।

कसरी फिल्मसँग आबद्ध भए त मनाेज?

प्रसंगवस् उनी आफैंले विगत सम्झिन पुगे, ‘बाल्यकालमा कल्पनाशीलतामा अत्यधिक रमाउँथे। सिन्धुपाल्चोकमा बाल्यकाल बित्यो। छोरा बिग्रन्छ भनेर बाले घरमा टिभी ल्याएका थिएनन्। तर, म बाको आँखा छलेर छिमेकमा टिभी हेर्न जान्थें। यसरी टिभी हेर्दाहेर्दै सिनेमाको भोक जागेर आयो। ठूलो भएपछि घरसँग विद्रोह गरेर सिनेमा पढ्न सहर आएँ।’

जीवनको लामो हिस्सा फिल्मकै साधनामा बिताएका मनोजकाे नेपाली फिल्मबारे के धारणा छ त?

एक वाक्यमा उनकाे जवाफ आउँछ, 'नेपाली सिनेमामा ड्रामाको अभाव छ।'

केहीबेरकाे माैनतापछि उनले ड्रामाकाे विषयगत आधारलाई केलाउन थाले। ‘हामी जसलाई ड्रामा भन्छौँ त्यो अत्यन्त कमजोर ज्ञानको उपज हो। हाम्रो सिनेमामा ड्रामा एकदम कम छ। जब ड्रामा शक्तिशाली हुन्छ तब त्यसले मानवीय संवेदनालाई प्रस्तुत गर्छ,’ मनाेज भन्छन्, ‘सिनेमाले जीवनलाई एक्स्प्लाेर गर्नुपर्छ। जीवन ड्रामा हो। तर हामीमा त्यो आभाष छैन।’

नेपाली फिल्मकाे इतिहासक्रममाथि पनि उनकाे प्रश्न छ। मनाेजलाई लाग्छ, 'नेपाली फिल्म निर्माण कहिल्यै पनि सही बाटोमा रहेन। फिल्ममा भाषा मात्र हाम्रो भयो। सोच, कथा र प्रणाली नै अरुको कपी गरेका छौँ। नेपाली फिल्ममेकर सस्तो लोकप्रियता र विभिन्न स्वार्थको पछि दौडेका छन्।’

हामीले आफ्नो माटो र कथा पहिचान गरेर फिल्म बनाउनुपर्ने उनको बुझाइ छ।

'उसोभए मनोज पण्डितलाई फिल्मले के दियो त?’

कुराकानीकाे बिट मार्दा आफ्नाे यात्रालाई लिएर मनाेज केही सकारात्मक सुनिए, ‘जीवनलाई गहिरिएर हेर्ने दृष्टिकोण दियो, चेतना दियो। तर, मैले फिल्मलाई अझै दिन बाँकी छ।’

उनका आँखामा हेरेँ। लाग्यो, 'नयाँ कथाको खोजीमा एउटा कोलम्बस दौडिरहेको छ।'

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  ०६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्