• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उच्च रक्तचाप नियन्त्रण गर्ने ८ उपाय

64x64
नेपाल लाइभ बिहीबार, फागुन २३, २०७५  २२:१७
1140x725

उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । नेपालका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार ठाउँ हेरिकन ५ देखि २० प्रतिशत जनतालाई उच्च रक्तचाप भएको फेला परेको छ । यस रोगले कुनै पनि लक्षण नदेखाइकन नै विरामीका प्रमुख अङ्गहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले खत्तम पार्दै लगेर विरामीलाई मृत्युको मुखमा पु¥याउँछ । यसै कारण उच्च रक्तचापलाई सुषुप्त हत्याराको संज्ञा दिइएको छ । तसर्थ उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ ।
नियन्त्रण गर्ने ८ उपाय

१. जीवनशैली परिवर्तन गर्ने

उच्च रक्तचाप मानसिक तनावग्रस्त आधुनिक जीवनशैलीको परिणाम हो । अति व्यस्त जीवन, उच्च आकांक्षा, असन्तोष, अत्यधिक कार्यबोझ आदिले रक्तचाप बढाउन मद्दत पु¥याउँछ । आजको युगमा काम नगर्ने, उच्च आकांक्षा नराख्ने व्यक्ति विकासको गतिमा पछाडि पर्छ । अगाडि बढ्ने होडबाजीले रक्तचाप पनि माथि पु¥याउँछ । यसको मतलब रक्तचाप नियन्त्रण गर्न विकासको गीतमा रोक लगाएर जोगी नै बनेर हिँड्नु पर्छ भन्न खोजेको अवश्य होइन ।

तर रक्तचाप बढ्ने रोग लागेका व्यक्तिले यस प्रकारको व्यस्त जीवनशैलीमा परिवर्तन ल्याउन सके रक्तचाप नियन्त्रण गर्न सजिलो पर्छ । निश्चित दिनचर्या अनुसार काम गर्ने, बढी कार्यबोझ नलिने, विवादास्पद काममा हात नहाल्ने, अफिसको काम घरमा कहिल्यै पनि नल्याउने, महत्वाकांक्षी नबन्ने, काममा फलको आशा बढी नगर्ने, असफलतालाई सजिलैसँग स्वीकारी हतोत्साहित नहुने, छुट्टीको दिनमा मिटिङ्ग तथा अफिसका काम छाडेर श्रीमती÷श्रीमान् वा बालबच्चालाई पनि समय दिने, उनीहरुसँग छुट्टीको समयमा घुम्न जाने, प्रत्येक वर्ष १ पल्ट २–३ हप्ताको छुट्टी मिलाई विश्राम र मनोरञ्जन गर्ने बानी बसाल्ने गर्नुपर्छ । यस प्रकार जीवनशैलीमा परिवर्तन ल्याउन आफूले प्रयास गरे असम्भव छैन ।

२. नुनको मात्रा घटाउने

उच्च रक्तचाप र नुनको प्रत्यक्ष सम्बन्ध छ । रक्तचाप घटाउन खाद्य पदार्थमा नुनको मात्रामा कटौती गर्नु अत्यावश्यक छ । उच्च रक्तचाप नियन्त्रण गर्न दैनिक ३ देखि ५ ग्रामभन्दा बढी नुनको उपभोग गर्नु हुँदैन । खाना पकाउँदा अत्यन्त कम मात्रामा नुन राख्ने, खाना खाँदा अतिरिक्त नुन उपभोग नगर्ने, बट्टा भित्रका नुन बढी हुने खाद्य पदार्थ नखाने, बोतलमा राखेको अचार र पापड नखाने, नुनिलो बदाम, आलु चिप्स, नम्किन विस्कुट नखाने, चिज, बटर जस्ता नुन बढी हुने बस्तु नखाने, स्वादका लागि नुनको सट्टा कागती, मरिच, तोरीको पिना आदि प्रयोग गर्ने गर्नुपर्छ ।

३. मोटोपन घटाउने

धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिको शारीरिक तौल आवश्यकभन्दा बढी हुन्छ । तौल घटाउनासाथ रक्तचाप पनि घट्छ । यस कारण उच्च रक्तचाप नियन्त्रण गर्न शारीरिक तौल घटाउनु जरुरी हुन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

४. योग अभ्यास गर्ने

मन र मस्तिष्कलाई शान्त पार्न सके उच्च रक्तचाप पनि शान्त भएर जान्छ । योग अभ्यासको माध्यमबाट मन र मस्तिष्कलाई शान्त पार्न सकिन्छ । तन्त्रयोग यस्तो उपाय हो जसबाट मन र मस्तिष्कलाई विश्राम प्राप्ती हुन्छ र उच्च रक्तचाप तथा अन्य हृदयका रोग समाधान हुने आशा गरिन्छ । स्वास्थ्य भनेकै शरीर र मस्तिष्क बीचको शान्तिपूर्ण सह–अस्तित्व हो । उच्च रक्तचापले यस्तो शान्तिपूर्ण सह–अस्तित्वलाई खलबल पार्छ । यो खलबलीलाई ठिक पार्ने तन्त्रयोगका चार खुट्किलामध्ये प्रथम खुट्किलो हथयोग हो भने अन्तिम अर्थात् चौथो खुट्किलो राजयोग हो । ध्यानको एक माध्यम हो राजयोग । राजयोग उच्च रक्तचाप घटाउने अत्यन्त प्रभावकारी उपाय हो । यस प्रकार तन्त्रयोगले हथयोग र राजरोग जस्ता वैज्ञानिक उपायद्वारा शरीर र मस्तिष्कलाई शान्त बनाइ उच्च रक्तचाप तथा मुटुका अन्य रोगको उपचारमा सहयोग पु¥याउँछ । यसले मुटुको रक्षाका लागि दुवै प्रतिकारात्मक र उपचारात्मक महत्व राखदछ ।

५. नियमित रुपमा व्यायाम गर्ने

व्यायामले रक्तचाप घटाउन मद्दत पु¥याउँछ । हिँड्ने, विस्तारै कुद्ने, पौडी खेल्ने, साइकल चलाउने जस्ता व्यायामले रक्तचाप नियन्त्रणमा सकारात्मक भूमिका खेल्छन् । यस्ता व्यायाम नियमित गर्ने बानी बसाल्नु पर्छ । सबैभन्दा सजिलो र प्रभावशाली व्यायाम नियमित रुपमा दैनिक १ घण्टा कम्तिमा ४ किमी प्रति घण्टाको दरले हिँड्नु हो । हिँड्दा शरीरलाई बढी सकस पर्नु चाहिँ हुँदैन । छाती दुख्ने वा दम फुल्ने अवस्थासम्म पुग्ने गरी व्यायाम गर्नु हुँदैन । विस्तारै शुरु गरेर पछि तिव्रता बढाउँदै जानुपर्छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

६. खानपानमा ध्यान पु¥याउने

उच्च रक्तचाप भएका व्यक्तिले दैनिक खानपानमा विशेष ध्यान दिनुपर्छ । खानामा नुन, चिनी, घ्यू र तेलको मात्रा कम हुनु जरुरी छ । उच्च रक्तचाप भएकाहरुलाई मधुमेह, यूरिक एसिड, उच्च रक्तकोलेस्टेरोल पनि हुने अत्यधिक संभावना रहन्छ । यी रोगको नियन्त्रणका लागि पनि खानापानमा विशेष ध्यान पु¥याउनु जरुरी हुन्छ । कतिपय खाद्यपदार्थहरु यस्ता पनि छन् जसले रक्तचाप नियन्त्रणमा सहयोग पु¥याउँदछन् ।

७. धूमपान र सूर्ती सेवन नगर्ने

सूर्तीले धमनी कडा र साँगुरो बन्ने प्रक्रियालाई बढाउँछ । रक्तचाप घटाउन इच्छुक व्यक्तिले धूमपान र सूर्ती पूर्णतया बन्द गर्नुपर्छ ।

८. मदिरा सेवन बन्द गर्ने

थोरै मदिरा (दैनिक २ पेगसम्म) राम्रो र धेरै मदिरा सेवन नराम्रो भन्ने भनाई भएता पनि मदिरा सेवन पूर्णतया बन्द गर्नु नै उत्तम मानिन्छ । मदिरा सेवन नगर्ने व्यक्तिको सोचाई, चालचलन, व्यवहार आदिमा सकारात्मक पक्ष प्रबल रहन्छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  २२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्