काठमाडौं- केही महिनायता काठमाडौँमा थुनामा रहेका ‘विखण्डनवादी नेता’ सीके राउतलाई छाड्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई छाड्न आदेश दिएको हो।
राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो।
राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले आज बदर गरेको हो।
अब उनले साधारण तारेखमा रही मुद्दा खेप्न पाउने भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।