काठमाडाैं- कैलाली प्रहरीले २ किलो ३ सय ग्राम सुनसहित धनगढीका एकजना व्यापारीलाई पक्राउ गरेको छ।
कैलालीका प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले चिसापानीमा चेकजाँचका क्रममा गएराति २ किलो ३ सय ग्राम सुनसहित धनगढीका एकजना व्यापारीलाई पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार व्यापारीसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको बिल भेटिएको तर, एक किलो सुनको भने बिल भेटिएकाे छैन।
व्यापारीले काठमाडौंबाट सुन खरिद गरेर ल्याएको दाबी गरिरहेको प्रहरीले जनाएको छ। उनको नाम भने प्रहरीले सावर्जनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।