धनगढी- टीकापुर घटनामा जन्मकैदको सजाय हुने फैसला सुनाइएका नाबालक श्रवण चौधरी बालसुधार गृहमै बस्ने भएका छन्। नाबालक भएकाले उनलाई आधा मात्र सजाय हुनेछ।
‘रेश्मसहित अन्य १० जनाले २० वर्ष कारागारमा बिताउनु पर्छ,’ कैलाली जिल्ला अदालतका श्रेस्तेदार इन्द्र कठायतले भने, ‘नाबालक श्रवणलाई भने १० वर्ष कैद हुने ठहरेको छ।’
उनले नाबालकले १० वर्ष पोखरास्थित बाल सुधारगृहमै बस्नुपर्ने बताए।
श्रवणसँगै बालसुधार गृहमा रहेका करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ (२) बमोजिम ६ महिना कैद हुने अदालतले ठहर गरेको छ।
बालक करनको कैद भुक्तान भइसकेकोले बुधबार नै थुनामुक्त हुने श्रेस्तेदार कठायतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।