कञ्चनपुर– उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको टीकापुर घटनाको बहस सकिएको छ।
वादीतर्फका दुई न्यायधिवक्ता र प्रतिवादी तर्फका ११ जना कानुन व्यवसायीहरूले बहस गरेको कैलाली जिल्ला अदालतले जनाएको छ।
कैलाली जिल्ला अदालतका श्रेष्तेदार इन्द्र कठायत भने, ‘बहस सकिए पनि समय अभावका कारण फैसला हुन सकेन।’
उनले बुधबार यो घटनाको फैसला हुने बताए। जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलाशमा घटनाको बहस भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।