धनगढी- दलित समुदायलाई पूजा गर्न रोक लगाएको आरोपमा एक जना पूजारी पक्राउ परेका छन्।
सोमबार मन्दिरभित्र जातीय विभेद गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका-५ जाईस्थित भैरव मन्दिरकी पूजारी (माता) अन्दाजी ४० वर्षीया गंगा गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
डोटी जिल्लाको सिलगढी घर बताउने पूजारी गिरीलाई वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक वकिल सिंहको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरी निरीक्षक सिंहले माता गिरीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
मन्दिरमा बस्ने माताको नामले चिनिने महिला पूजारीले अनुहार हेरेरै दलित युवतीलाई पूजा गर्न रोक लगाउनुका साथै उनले लगेको पूजा सामग्री समेत फालेको स्थानीयको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।