काठमाडौं- अर्थ मन्त्रालयले करसम्बन्धी कानून सुधारका लागि भन्दै १० वटा विभिन्न उप-समिति गठन गर्ने निर्णय गरेको छ।
आइतबार अर्थ मन्त्रालयका बसको राजश्व परामर्श समितिको बैठकले १० उपसमिति गठन गर्ने निर्णय गरेको हो।
मन्त्रालयले करको दर पुनरवलोकन, कर प्रणालीमा सुधार, करको दायरा विस्तारलगायतका काम गर्नउप–समिति गठन गर्ने निर्णय गरेको हो।
उपसमितिमा सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायका प्रतिनिधि रहने अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उपसमितिको कार्य विवरण र मार्गनिर्देशन समेत निर्धारण गरिएको छ। ७ वटै प्रदेशका राजधानीमा पनि अन्तर्क्रिया तथा छलफल कार्यक्रम गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ।
बैठकमा समितिका संयोजक राजश्व सचिव लाल शंकर घिमिरेले उप-समितिले प्रतिवेदन पेस गर्दा सुझावहरुलाई तत्कालिक, मध्यकालीन र दीर्घकालीन ढाँचामा प्रस्तुत गर्न र सुझाव कार्यान्वयनको खाका समेत सिफरिस गर्न निर्देशन दिएका छन्।
यस्तो छ मन्त्रालयले जारी गरेको विज्ञप्ति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।