• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

राष्ट्रिय गौरवका आयोजना : क्रसर उद्योगले बुझाएनन् विवरण

64x64
नेपाल लाइभ आइतबार, फागुन १९, २०७५  १४:१५
1140x725

धनगढी- कैलाली जिल्लामा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूले क्रसर सञ्चालनका लागि अनुमतिसहितको विवरण बुझाउन सकेका छैनन्।

ढुङ्गा, बालुवा, गिट्टी उत्खन्न, संकलन तथा घाटगद्दी समितिले जिल्लामा सञ्चालनमा रहेका क्रसर सञ्चालकलाई विवरण बुझाउन माग गर्दा आयोजना अन्तर्गत सञ्चालन भएका भनिएका कुनै पनि सञ्चालकले अनुमतिसहितको कागजपत्र नबुझाएका हुन्।

जिल्लामा रानीजमरा कुलरिया सिँचाइ आयोजना, मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना, गेटा मेडिकल कलेज आयोजना र हुलाकी सडक आयोजनालगायतबाट सञ्चालनमा रहेका क्रसरहरूले अनुमतिसहितको पत्र बुझाउन नसकेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ।

‘राष्ट्रिय गौरवका आयोजनाहरूले सम्बन्धित निकायबाट क्रसर उद्योग सञ्चालन गर्न अनुमति लिएको कतैबाट देखिएको छैन,’ जिल्ला समन्वय समिति कैलालीका निमित्त समन्वय अधिकारी योगेन्द्रप्रसाद ओझाले भने, ‘कुनै पनि आयोजनाले क्रसर सञ्चालनका लागि कागजपत्र दिएका छैनन्। शहरी विकास तथा भवन कार्यालयको कागजपत्र उपलब्ध गराएका पनि छैनन्।’ 

उनका अनुसार मोहनापुल अत्तरिया ६ लेन सडक आयोजनाअन्र्तगत शर्मा अम्मर नागार्जुन जेभीले गोदावरी नगरपालिका–२ महरा टोलमा, हुलाकी सडक आयोजनाअन्र्तगत टुन्डी प्रेररा चन्द्रा एन्ड बसन्ता जेभी, रानी जमरा कुलरिया सिँचाइ आयोजनाको एसइडब्लु टुन्डी जेभी र सिउ टुन्डी जेभीले क्रसर सञ्चालन गरेका छन्।

तीन वटै आयोजनाको ठेक्का पाएका ठेकेदारहरूले आयोजना कार्यालयको पत्र मात्र समितिमा बुझाएको जनाइएको छ।

यस्तै उर्मा–पथरी–धुर्जन्ना–डङगोलिया जोड्ने सडकको ठेक्का पाएको राजेन्द्र केएस जेभीले पनि क्रसर सञ्चालनको अनुमति पत्र बुझाउन सकेको छैन। १२ किलोमिटर लामो सडक निर्माणको ठेक्का पाएको सो कम्पनीले शहरी विकास तथा भवन कार्यालयको पत्रमात्र बुझाएको छ।

९ क्रसर सञ्चालकले मात्र बुझाए विवरण
कैलालीका विभिन्न सथानमा सञ्चालनमा रहेका क्रसर तथा घुम्ती क्रसरहरूमध्ये ९ वटा आयोजनाले मात्र कागजपत्र बुझाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

ढुङ्गा, बालुवा, गिट्टी उत्खनन, संकलन तथा घाटगद्दी समितिको गत आइतबारको बैठकले ‘सम्पूर्ण क्रसर उद्योगलाई अनुमति पत्र, वातावरणीय प्रभाव मूल्यांकन कागजपत्र तथा कार्ययोजनाको कागजपत्रसहित पा“च दिनभित्र समितिमा बुझाउने’ निर्णय गरेको थियो। फागुन १० गते अर्थात शुक्रबार समयावधि सकिए पनि समितिमा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेकामध्ये ९ वटा क्रसर उद्योगले मात्र विवरण बुझाएको कैलाली जिल्ला समन्वय समितिले जनाएको छ।

कैलाली जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी योगेन्द्रप्रसाद ओझाका अनुसार जिल्लामा १२ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन्। ‘घरेलु कार्यालयमा ४ वटा क्रसर उद्योग मात्र संचालन रहेको उल्लेख छ, तर हाम्रो अनुगमनमा कैलालीमा १२ वटा क्रसरहरू सञ्चालनमा रहेको पाइएको छ।’ 

कैलाली जिल्ला समन्वय समितिमा राजेन्द्र केएस जेभी, हेमकुन्ट स्टोन क्रसर इन्डस्ट्रिज, बेहडाबाबा प्रशोधन उद्योग, शर्मा अमर नागार्जुन जेभी, टुन्डी प्रेररा चन्द्रा एन्ड बसन्ता जेभी, एसइडब्लु टुन्डी जेभी, सिउ टुन्डी जेभी, राजेन्द्र केएस जेभी र श्रीपुर कंक्रिट उद्योगले मात्र विवरण बुझाएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजेन्द्र केएस जेभीले गौरीगंगा नगरपालिकाको झिलमा, हेमकुन्टले गोदावरी नगरपालिका–११ बल्मी, बेहडाबाबा क्रसर गोदावरी नगरपालिका–८ र नागार्जुन जेभी गोदावरी नगरपालिका–२ महरा टोलमा क्रसर सञ्चालनमा छन्।

शर्मा राजेन्द्र कुमार जेभीले गेटा मेडिकल कलेज, कालिका कुमार जेभीले लम्की नगरपालिका बल्चौरमा घुम्ती क्रसर सञ्चालन गरेका छन्।

यस्तै, गोदावरी नगरपालिका लालपुरमा वेस्टर्न क्रसर उद्योग, गोदावरी नगरपालिका वडा नम्बर ८ हरैयामा श्रीपुर क्रसर उद्योग, लम्कीचुहा नगरपालिका थलचौरमा तुँदी क्रसर प्रालि, लम्कीचुहा नगरपालिका चिसापानीमा माझसीन सिताका क्रसर, पथरैयामा कर्णाली क्रसर उद्योग, सुनाफा“टामा चन्द्र बसन्ता क्रसर, लालपुरमा शिवशक्ति बालुवा प्रशोधन केन्द्र सञ्चालनमा छन्।

‘थोरैले मात्र कागजपत्र बुझाएका छन्। हामीले अझै कागजपत्र बुझ्ने काम गरिरहेका छौं,’ निमित्त समन्वय अधिकारी ओझाले भने, ‘विवरण बुझाएका क्रसर उद्योग कसरी सञ्चालन रहेका छन त्यो समितिको बैठकबाट मात्र जानकारी हुनेछ।’ 

उनले समितिको बैठक कहिले बस्छ भन्ने बारे यकिन नभएको बताए। समितिको बैठकपछि विना अनुमति सञ्चालनमा रहेका क्रसर बन्द गर्ने वा प्रक्रिया पु¥याउन लगाउने त्यही थाहा हुने प्रतिक्रिया दिए।

जिल्लामा सञ्चालन रहेकामध्ये कर्णाली क्रसर उद्योग, हेमकुन्ट स्टोन क्रसर उद्योग, श्रीपुर कंक्रिट उद्योग, बालाजी रोडा ढुङ्गा र वेष्टर्न क्रसर उद्योगले मात्र घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा दर्ता गरेका छन्।  

अब अनुगमन 
ढुङ्गा, बालुवा, गिट्टी उत्खनन, संकलन तथा घाटगद्दी समितिले जिल्लामा सञ्चालनमा रहेका क्रसरको अनुगमन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको समितिको बैठकले जिल्लामा सञ्चालनमा रहेका क्रसरहरू मापदण्ड अनुसार चले/नचलेको लगायतको सूचक बनाएर अनुगमन गर्ने निर्णय गरेको हो।

‘हामीले शुक्रबार नै अनुगमन गर्ने भनेका थियौं,’ निमित्त जिल्ला समन्वय अधिकारी ओझाले भने, ‘तर, कैलाली प्रमुख जिल्ला अधिकारीलगायत केही व्यक्तिको समय नहुँदा अनुगमन हुन सकेन।’

राष्ट्रिय गौरवका आयोजना अन्र्तगत सञ्चालन भएका क्रसरको पनि कानुनी प्रक्रियाको विवरण माग गरिएको उनले बताए।

प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्