• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रिय नेता, लोकप्रिय अर्थमन्त्री

64x64
नेपाल लाइभ आइतबार, फागुन १९, २०७५  १०:४२
1140x725

भरतमोहन अधिकारी २००७ सालपछि राजनीतिमा संलग्न राजनीतिक पुस्ताको प्रतिनिधि पात्र हुनुहुन्थ्यो। उहाँले विभिन्न मोड र घुम्तीहरुमा नेपाली कम्युनिस्ट आन्दोनलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। मैले उहाँलाई चिनेको, बुझेको र नबिर्सिएको चाहिँ संविधान सुझाव आयोग २०४७ को सदस्य  रुपमा उहाँले निर्वाह गरको भूमिकाबाट हो। 

२०४७ को संविधान निर्माण गर्ने वाम मोर्चाका प्रतिनिधिमध्य उहाँ एक हुनुहुन्थ्यो। उहाँ विराटनगरमा स्थापित कानुन व्यवसायी रहेको पृष्ठभूमिका कारणले उहाँले अत्यन्तै प्रभावकारी र निर्णयक भूमिका खेल्नुभएका थियो। त्यही जगमा उभिएर नेकपा एमाले बन्यो।

मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको नेकपा माक्र्सवादी र मदन भण्डारीले नेतृत्व गर्नुभएको नेकपा मालेलाई एकीकृत गरेर नेकपा एमाले निर्माण गर्न उहाँले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
 
उहाँको व्यक्तित्व अत्यन्त उत्कर्षमा रहेको, सिंगो देशले चिनेको र क्षमतालाई नजिकबाट परख गरेका चाहिँ पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्रीका रुपमा उहाँले ल्याउनुभएको बजेटबाट हो। जसमा ‘आफ्नो गाउँ आफैं बनाउँ’ मार्फत उहाँले ग्रामीण विकासको एउटा लहर सिर्जना गर्नुभयो। ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई एक सय रुपैयाँ वृद्ध भत्ता दिने थालनी गरेर कम्युनिस्ट सरकारमा आएपछि ६० वर्ष पुगेका मान्छेहरुलाई गोली हान्छ’ भनेर सिर्जना गरिएको भ्रमको तुवाँलो चिरिदिनुभयो। जुन आज सामाजिक सुरक्षा भत्ताको रुपमा विस्तारित छ। 

राज्य लोक कल्याणकारी हुनुपर्छ। राज्यले विकासको लहर जगैबाट ल्याउनुपर्छ।  आवश्यकता भएका ग्रामीण वस्तीबाट विकास सुरु गर्नुपर्छ भन्ने अवधारणाको कार्यान्वयन उहाँले गर्नुभएको थियो। त्यसअघि गाउँलाई केन्द्रित गर्ने, अशक्तमा केन्द्रित गर्ने, वृद्धवृद्धामा केन्द्रित गर्ने बजेटको परिपाटी थिएन। 

पार्टीमा विभिन्न समयमा उहाँ आन्दोलन परिचालन कमिटीको संयोजक, महाधिवेशन आयोजक मूल समितिको संयोजक लगायत महत्वपूर्ण जिम्मेवारीमा रहँदा मेरो मेरो व्यक्तिगत सम्बन्ध बनेको हो। 

२०६१ साल जेठमा गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाँ उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुनुहुन्थ्यो। जुन सरकारलाई माघ १९ गते राजा ज्ञानेन्द्रले ‘कू’ गरे। त्यो सरकारमा उहाँको टिममा म चाहिँ उहाँको प्रेस सल्लाहकार थिएँ। त्यसअवधिबाट उहाँलाई नजिकबाट सहयोग गरें।

उहाँको काम गर्ने तरिका, शैली र प्राथमिकता लगायत धेरै कुरामा नजिकबाट चिनेको छु। खसगरी शान्ति प्रक्रिया, माओवादी हिंसाको शान्तिपूर्ण अवतरण लगायतका विषयमा उहाँको सक्रियता मैले नजिकबाट देखेको छु। 

२०६८ सालमा बजेट ल्याउने टुंगो गरिएको दिनमा बजेट आएन। उहाँले मिडिया समक्ष ‘अर्थमन्त्रीका रुपमा मैले बजेट ल्याउँछु’ भनेर आत्मविश्वासका साथ कुरा राख्नुभयो। त्यस क्रममा उहाँले जुन घेराबन्दी र प्रहार खेप्नुभएको थियो, त्यसलाई सुझबुझ ढंगले छिचोल्नुभयो। 

nimb
nimb
Ncell 2
Ncell 2

भरतमोहन अधिकारीले चारपल्ट अर्थमन्त्री हुँदा ल्याउनुभएको बजेट उहाँको आवधारणा, सपना, प्राथमिकता रहेका छन्। धेरै नवीन कार्यक्रम छन्। उहाँले २०५१ सालमै बजेट ल्याउँदा मध्यपहाडी राजमार्ग (अहिले जो पुष्पलाल लोकमार्ग) को खाका प्रस्तुत गर्नुभएको थियो। अहिले निर्माणमा निकै अघि बढिसकेकोको छ।

‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भरतमोहन अधिकारीले २०६१ को बजेट ल्याउँदा अघि सार्नुभएको नारा थियो। सहकारी अभियानसहित सहकारी, निजी र सरकारी तीन खम्बे अर्थनीतिको प्रणेता हुनुहुन्थ्यो उहाँ।   

आफूले जिम्मा पाएको काम सफलतापूर्वक फत्ते गर्न सक्ने योग्यता, क्षमता हैसियत र दम राख्ने नेता हुनुहुन्थ्यो। उहाँको व्यक्तित्व असाध्यै विनम्र, सरल र सहज थियो। 

उपचारका क्रममा मैले उहाँलाई धेरैपटक भेटें। पछिल्लो पटक उहाँलाई ह्याम्स अस्पतालमा भेटेको थिएँ। उहाँको फोक्सोबाट कफ निकालेर क्याबिनमा सार्नुअघि उहाँले मसँग कुरा गर्नुभएको थियो। उहाँले चिन्नुभयो। उहाँलाई पार्टी, देश र जनताको आशाकै चिन्ता थियो।

उहाँ भन्दै हुनुहुन्थ्यो, ‘म दुई–अढाई महिनादेखि अस्पतालमै छु। बाहिर के  भइरहेको छ? नेताहरु झगडा गरिरहेका छन् भन्ने सुन्छु । झगडा गर्ने बेला होइन यो भनेर भन्नुप¥यो। पार्टी एकता व्यवस्थित गर्नुप¥यो। जनताले आशा गरेका छन्। यो अवसरको सदुपयोग गर्नुप¥यो। यसमा तपाईंहरुले नेतालाई भन्ने काम गर्नुहोला।’

‘बेला न कुबेला भेनेजुएला’को समय थियो। भेनेजुएलाको प्रसंगमा नेता बाँडिनु  आवश्यक नरहेको बताउनुभयो। सबै कुरा नेताहरु बसेर समाधान भइसकेको बताएको थिएँ। पार्टी एकता, देशको समृद्धि र अनावश्यक विवादको चिन्ता थियो उहाँलाई। 

मैले उहाँलाई अस्पतालको शैयामा भएकाले उपचारमा केन्द्रित हुन भनेको थिएँ। देशभित्र उहाँको उपचार गर्न सक्दो कोसिस भयो। हेम्स अस्पतालमा पु¥याएपछि  देशबाहिर लगेर उपचार गर्ने अवस्था घर्किसकेको थियो। 

नेपालमा कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन भरतमोहन अधिकारीले पहिलो कम्युनिस्ट सरकारका पालमा अर्थमन्त्रीका रुपमा दिएको योगदानको भूमिका छ। नेपालमा कम्युनिस्ट सरकारको परीक्षणकालमा उहाँ सफल हुनुभयो। त्यो परीक्षणका बेला थालनी भएका जनमुखी, लोककल्याणकारी, लोकप्रिय कार्यक्रमका कारण आज देशमा दुई तिहाई कम्युनिस्टको शासन छ।

त्यतिबेला मनमोहन अधिकारीको नेतृत्वमा उहाँ अर्थमन्त्री भएर ती काम नगरेका भए आज देशमा दुई तिहाई बहुमतको सरका परिकल्पना गर्न सकिँदैनथ्यो। किनभने संसारभरि कम्युनिस्ट आन्दोलन रक्षात्मक रहेको स्थितिमा मतदानको माध्यामबाट दुई तिहाइ प्राप्त हुनु सामान्य कुरा होइन। यसमा भरतमोहन अधिकारीका कामको अतुलनीय योगदान छ। 

ती प्रिय नेता र लोकप्रिय अर्थमन्त्री अधिकारी भौतिक रुपमा उहाँ हामीमाझ रहनुभएन। तर, उहाँले पार्टी र देशका लागि गर्नुभएको योगदानले उहाँलाई अमर राखिरहने छ। 

(नेकपाका केन्द्रीय सदस्य थापासँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्