• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रिय नेता, लोकप्रिय अर्थमन्त्री

64x64
नेपाल लाइभ आइतबार, फागुन १९, २०७५  १०:४२
1140x725

भरतमोहन अधिकारी २००७ सालपछि राजनीतिमा संलग्न राजनीतिक पुस्ताको प्रतिनिधि पात्र हुनुहुन्थ्यो। उहाँले विभिन्न मोड र घुम्तीहरुमा नेपाली कम्युनिस्ट आन्दोनलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। मैले उहाँलाई चिनेको, बुझेको र नबिर्सिएको चाहिँ संविधान सुझाव आयोग २०४७ को सदस्य  रुपमा उहाँले निर्वाह गरको भूमिकाबाट हो। 

२०४७ को संविधान निर्माण गर्ने वाम मोर्चाका प्रतिनिधिमध्य उहाँ एक हुनुहुन्थ्यो। उहाँ विराटनगरमा स्थापित कानुन व्यवसायी रहेको पृष्ठभूमिका कारणले उहाँले अत्यन्तै प्रभावकारी र निर्णयक भूमिका खेल्नुभएका थियो। त्यही जगमा उभिएर नेकपा एमाले बन्यो।

मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको नेकपा माक्र्सवादी र मदन भण्डारीले नेतृत्व गर्नुभएको नेकपा मालेलाई एकीकृत गरेर नेकपा एमाले निर्माण गर्न उहाँले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
 
उहाँको व्यक्तित्व अत्यन्त उत्कर्षमा रहेको, सिंगो देशले चिनेको र क्षमतालाई नजिकबाट परख गरेका चाहिँ पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्रीका रुपमा उहाँले ल्याउनुभएको बजेटबाट हो। जसमा ‘आफ्नो गाउँ आफैं बनाउँ’ मार्फत उहाँले ग्रामीण विकासको एउटा लहर सिर्जना गर्नुभयो। ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई एक सय रुपैयाँ वृद्ध भत्ता दिने थालनी गरेर कम्युनिस्ट सरकारमा आएपछि ६० वर्ष पुगेका मान्छेहरुलाई गोली हान्छ’ भनेर सिर्जना गरिएको भ्रमको तुवाँलो चिरिदिनुभयो। जुन आज सामाजिक सुरक्षा भत्ताको रुपमा विस्तारित छ। 

राज्य लोक कल्याणकारी हुनुपर्छ। राज्यले विकासको लहर जगैबाट ल्याउनुपर्छ।  आवश्यकता भएका ग्रामीण वस्तीबाट विकास सुरु गर्नुपर्छ भन्ने अवधारणाको कार्यान्वयन उहाँले गर्नुभएको थियो। त्यसअघि गाउँलाई केन्द्रित गर्ने, अशक्तमा केन्द्रित गर्ने, वृद्धवृद्धामा केन्द्रित गर्ने बजेटको परिपाटी थिएन। 

पार्टीमा विभिन्न समयमा उहाँ आन्दोलन परिचालन कमिटीको संयोजक, महाधिवेशन आयोजक मूल समितिको संयोजक लगायत महत्वपूर्ण जिम्मेवारीमा रहँदा मेरो मेरो व्यक्तिगत सम्बन्ध बनेको हो। 

२०६१ साल जेठमा गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाँ उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुनुहुन्थ्यो। जुन सरकारलाई माघ १९ गते राजा ज्ञानेन्द्रले ‘कू’ गरे। त्यो सरकारमा उहाँको टिममा म चाहिँ उहाँको प्रेस सल्लाहकार थिएँ। त्यसअवधिबाट उहाँलाई नजिकबाट सहयोग गरें।

उहाँको काम गर्ने तरिका, शैली र प्राथमिकता लगायत धेरै कुरामा नजिकबाट चिनेको छु। खसगरी शान्ति प्रक्रिया, माओवादी हिंसाको शान्तिपूर्ण अवतरण लगायतका विषयमा उहाँको सक्रियता मैले नजिकबाट देखेको छु। 

२०६८ सालमा बजेट ल्याउने टुंगो गरिएको दिनमा बजेट आएन। उहाँले मिडिया समक्ष ‘अर्थमन्त्रीका रुपमा मैले बजेट ल्याउँछु’ भनेर आत्मविश्वासका साथ कुरा राख्नुभयो। त्यस क्रममा उहाँले जुन घेराबन्दी र प्रहार खेप्नुभएको थियो, त्यसलाई सुझबुझ ढंगले छिचोल्नुभयो। 

Ncell 2
Ncell 2

भरतमोहन अधिकारीले चारपल्ट अर्थमन्त्री हुँदा ल्याउनुभएको बजेट उहाँको आवधारणा, सपना, प्राथमिकता रहेका छन्। धेरै नवीन कार्यक्रम छन्। उहाँले २०५१ सालमै बजेट ल्याउँदा मध्यपहाडी राजमार्ग (अहिले जो पुष्पलाल लोकमार्ग) को खाका प्रस्तुत गर्नुभएको थियो। अहिले निर्माणमा निकै अघि बढिसकेकोको छ।

‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भरतमोहन अधिकारीले २०६१ को बजेट ल्याउँदा अघि सार्नुभएको नारा थियो। सहकारी अभियानसहित सहकारी, निजी र सरकारी तीन खम्बे अर्थनीतिको प्रणेता हुनुहुन्थ्यो उहाँ।   

आफूले जिम्मा पाएको काम सफलतापूर्वक फत्ते गर्न सक्ने योग्यता, क्षमता हैसियत र दम राख्ने नेता हुनुहुन्थ्यो। उहाँको व्यक्तित्व असाध्यै विनम्र, सरल र सहज थियो। 

उपचारका क्रममा मैले उहाँलाई धेरैपटक भेटें। पछिल्लो पटक उहाँलाई ह्याम्स अस्पतालमा भेटेको थिएँ। उहाँको फोक्सोबाट कफ निकालेर क्याबिनमा सार्नुअघि उहाँले मसँग कुरा गर्नुभएको थियो। उहाँले चिन्नुभयो। उहाँलाई पार्टी, देश र जनताको आशाकै चिन्ता थियो।

उहाँ भन्दै हुनुहुन्थ्यो, ‘म दुई–अढाई महिनादेखि अस्पतालमै छु। बाहिर के  भइरहेको छ? नेताहरु झगडा गरिरहेका छन् भन्ने सुन्छु । झगडा गर्ने बेला होइन यो भनेर भन्नुप¥यो। पार्टी एकता व्यवस्थित गर्नुप¥यो। जनताले आशा गरेका छन्। यो अवसरको सदुपयोग गर्नुप¥यो। यसमा तपाईंहरुले नेतालाई भन्ने काम गर्नुहोला।’

‘बेला न कुबेला भेनेजुएला’को समय थियो। भेनेजुएलाको प्रसंगमा नेता बाँडिनु  आवश्यक नरहेको बताउनुभयो। सबै कुरा नेताहरु बसेर समाधान भइसकेको बताएको थिएँ। पार्टी एकता, देशको समृद्धि र अनावश्यक विवादको चिन्ता थियो उहाँलाई। 

मैले उहाँलाई अस्पतालको शैयामा भएकाले उपचारमा केन्द्रित हुन भनेको थिएँ। देशभित्र उहाँको उपचार गर्न सक्दो कोसिस भयो। हेम्स अस्पतालमा पु¥याएपछि  देशबाहिर लगेर उपचार गर्ने अवस्था घर्किसकेको थियो। 

नेपालमा कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन भरतमोहन अधिकारीले पहिलो कम्युनिस्ट सरकारका पालमा अर्थमन्त्रीका रुपमा दिएको योगदानको भूमिका छ। नेपालमा कम्युनिस्ट सरकारको परीक्षणकालमा उहाँ सफल हुनुभयो। त्यो परीक्षणका बेला थालनी भएका जनमुखी, लोककल्याणकारी, लोकप्रिय कार्यक्रमका कारण आज देशमा दुई तिहाई कम्युनिस्टको शासन छ।

त्यतिबेला मनमोहन अधिकारीको नेतृत्वमा उहाँ अर्थमन्त्री भएर ती काम नगरेका भए आज देशमा दुई तिहाई बहुमतको सरका परिकल्पना गर्न सकिँदैनथ्यो। किनभने संसारभरि कम्युनिस्ट आन्दोलन रक्षात्मक रहेको स्थितिमा मतदानको माध्यामबाट दुई तिहाइ प्राप्त हुनु सामान्य कुरा होइन। यसमा भरतमोहन अधिकारीका कामको अतुलनीय योगदान छ। 

ती प्रिय नेता र लोकप्रिय अर्थमन्त्री अधिकारी भौतिक रुपमा उहाँ हामीमाझ रहनुभएन। तर, उहाँले पार्टी र देशका लागि गर्नुभएको योगदानले उहाँलाई अमर राखिरहने छ। 

(नेकपाका केन्द्रीय सदस्य थापासँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्