दुबई– स्विस टेनिस स्टार रोजर फेडेररले करिअरको सयौं एटिपी उपाधि जितेका छन्। फेडेररले शनिबार दुबई टेनिस च्याम्पियनसिपको उपाधि जितेर करिअरको सयौं उपाधि उचालेका हुन्।
मिलानमा पहिलो उपाधि जितेको ६६ सय दिनपछि उनले दुबईमा सयौं उपाधि जिते।
३७ वर्षीय फेडेरर २० पटकका ग्रान्डस्लाम च्याम्पियन हुन्। उनले शनिबार सयौं उपाधि जित्न ग्रिसका स्टेफानोस सिस्टिपासलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे।
फेडेररले ४ फेब्रुअरी २००१ मिलान इन्डोरमा उपाधि उचालेका थिए।
सयौं उपाधि जितेपछि फेडेररले सपना पूरा भएको बताएका छन्।
उपाधिसँगै फेडेर विश्व वरीयतामा आगामी सोमबार पहिलो नम्बरमा हुनेछन्।
सय उपाधि जित्ने फेडेरर दोस्रा खेलाडी हुन्। यसअघि अमेरिकाका जेमी कोर्नसले सन् १९८३ मा सय उपाधि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।