म्याड्रिड– एलक्लासिको भिडन्तअन्तर्गत बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध चार दिनमा दोस्रो जित हात पारेको छ। गत बुधबार कोपा डेल रेको खेलमा ३–० को जित हात पारेको बार्सिलोनाले शनिबार भएको ला लिगाको खेलमा १–० को जित निकाल्यो।
शनिबार बार्सिलोनालाई जित दिलाउने क्रममा इभान राकिटिकले गोल गरे। उनले खेलको २६ मिनेटमा गरेको गोल बार्सिलोनालाई जितका लागि पर्याप्त भयो।
जितसँगै बार्सिलोनाले रियलसँगको अंक दूरी १२ मा पुर्याएको छ। जसकारण रियलको उपाधि जित्ने सम्भावना कठिन बनेको छ।
बार्सिलोनाले २६ खेलबाट ६० अंक बटुलेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले एक खेल कम खेल्दै ५० अंक जोडेको छ। तेस्रो स्थानको रियलको २६ खेलबाट ४८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।