म्यानचेस्टर– म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुन: शीर्ष स्थानमा उक्लिएको छ। सिटीले आइतबार भएको खेलमा वर्नमाउनलाई १–० गोलले हराउँदै शीर्ष स्थानमा फर्किएको हो।
सिटीले वर्नमाउथमाथि १–० को जित निकालेको हो। सिटीको जितमा रियाद महारेजले खेलको ५५ मिनेटमा गोल गरेको थिए।
लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई ३–२ ले हराएको छ। उसका लागि आन्द्रेस पेयराले ५३ मिनेटमा पहिलो गोल गर्दा रोमेलु लुकाकुले ५९ र ८८ मिनेटमा गोल गरेका थिए।
त्यसअघि टोटनह्याम र आर्सनलले १–१ को बराबरी खेलेका थिए।
लिगमा शीर्ष स्थानको सिटीको २९ खेलबाट ७१ अंक छ। एक खेल कम खेलेको लिभरपुलको ६९ अंक छ। तेस्रो स्थानको टोटनह्यामको ६१ र चौथो स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेडको ५८ अंक छ। आर्सनल ५७ अंकसहित पाँचौ र एक खेल कम खेलेको चेल्सी ५३ अंकसहित छैटौं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।