• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

हेपिएका नेपाली महिला क्रिकेटर, कहिले गर्ला राज्यले सम्मान?

64x64
नेपाल लाइभ शनिबार, फागुन १८, २०७५  १५:१७
1140x725

काठमाडौं– खेल एउटै हुन्। हार जीत खेलको पाटो हो। कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ। अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन्। 

पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा सम्बद्ध पदाधिकारीको विभेदको दृश्य हो यो। थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको उपविजेता बन्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बिहीबार अपराह्न स्वदेश फर्कियो। महिला टोली अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा न कुनै खेल पदाधिकारी विमानस्थल पुगे, न त क्रिकेटसँग सम्बद्ध व्यक्ति नै विमानस्थलमा उपस्थित थिए। 

अन्तर्राष्ट्रिय जगतमा बलियो उपस्थिति जनाउने क्रममा थाइल्याण्डमा भएको आइसिसी टी–२० विश्वकप एशिया छनोटमा उपविजेता हुँदै फर्कियो। आइसिसीकै नियमानुसार शीर्षस्थानमा रहने टोलीमात्र ग्लोबल छनोटका लागि छानिने प्रावधान रहेकाले आयोजक थाइल्याण्ड शतप्रतिशत जित निकाल्दै छनोट भएको थियो। नेपाल थाइल्याण्डसँग मात्रै पराजित भयो। जसका कारण १० अङ्क जोडे पनि छनोट नभई घर फर्कनुपरेको हो। 

प्रतियोगितामा नेपालकी रुवीना क्षेत्रीले ह्याट्रिक विकेट लिएर कुवेतविरुद्ध सनसनी प्रदर्शन गरिन्। रुवीना नेपाली महिला क्रिकेट टोलीबाट दुई पटक ह्याट्रिक लिने पहिलो खेलाडी पनि बनेकी छिन्। तर, विमानस्थलमा नेपाली महिला क्रिकेट टोलीलाई स्वागत गर्न कोही नपुग्दा खेलाडीहरु निराश देखिएका थिए। यसअघि समर्थकको पनि बाक्लो उपस्थितिले खेलाडीलाई बाहिर आउन हम्मेहम्मे पर्ने गरेकोमा बिहीबार समर्थकहरु कोही पनि विमानस्थल पुगेनन्। 

अघिल्लो महिना युएइमा सम्पन्न टी–२० र एक दिवसीय शृङ्खला जितेर स्वदेश फर्किएको राष्ट्रिय टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा रातो कार्पेट नै ओच्छयाइएको थियो। खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना पुगेर विमानस्थलमै व्यक्तिगत रु दश/दश हजार पुरस्कार प्रदान गरे। यसैगरी सरकारले जनही रु पाँच/पाँच लाख दिने निर्णय गरिसकेको छ। महिला टोलीलाई भने विमानस्थलमा स्वागतसमेत गरिएन। 

थाइल्याण्डमा बुधबार सम्पन्न छनोटमा उपविजेता बने पनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो। सात राष्ट्र रहभागी उक्त छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधानअनुासार आयोजक थाइल्याण्ड शीर्षस्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो। नेपाल थाइल्याण्डसँंग पराजित भए पनि अन्य पाँच खेलमा विजयी भएको थियो। 

महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले पछिल्लो दुई महीना नेपाली महिला क्रिकेट टोलीले उत्कृष्ट खेल खेलेको बताए। दुई महीनाबीचमा महिला टोलीले खेलेका १२ मध्ये दुई खेलमा मात्र पराजय भोग्यो। आइसिसीको बरियतामा समेत नेपाल १४औँ स्थानमा रहनु नेपालका लागि उपलब्धि नै मान्नुपर्छ। 

नेपाली क्रिकेट टोलीकी कप्तान रुवीना क्षेत्रीले छोटो समयमा महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा क्षमता प्रमाणित गरेको बताउँदै विमानस्थल आइपुग्दा नरमाइलो लागेको प्रतिक्रिया दिइन्। “यस्तै हो भने नेपालमा महिला क्रिकेट पनि छ नभने पनि हुन्छ”, उनको भनाइ थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

दृष्टिविहीनको फाइल मन्त्रालयमै थन्कियो 

युएइबाट शृङ्खला जितेर स्वदेश फर्केकै दिन पाकिस्तानबाट पनि दृष्टिविहीन महिला क्रिकेट टोली अर्को शृङ्खला जितेर स्वदेश फर्किएको थियो। 

दृष्टिविहीन टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट विमानस्थल पुगे। उनीहरुलाई सोही दिनै युवा तथा खेलकूद मन्त्रालयमा बोलाएर सम्मान पनि गरियो। तर, उनीहरुलाई राखेपले खेलाडीलाई जनही रु एक÷एक लाख र प्रशिक्षक तथा व्यवस्थापकलाई जनही रु ५० हजार दिन सिफारिश गरे पनि अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन। 

युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले अहिलेको खेलकूद कार्यविधिअनुसार दृष्टिविहीन टोलीलाई आर्थिक सहयोग गर्न नसकिने बताउँदै कार्यविधि संशोधनको तयारी भइरहेको बताए। “राखपेले आर्थिक सहयोगका लागि प्रस्ताव पेश गरेको छ, अहिलेको कार्यविधिअनुसार दिन सकिँदैन, अर्थमन्त्रालयसँग छलफल गरेर मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि संशोधनमा लागेका छौँ”, उने भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएको र पहिलोपटक नै पाकिस्तानविरुद्धको सिरिज जितेर फर्किएको नेपाली दृष्टिविहीन टोलीलाई राज्यले उपेक्षा गरेको दृष्टिविहीन क्रिकेट सङ्घका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले गुनासो गरे। “राखेपले १५ खेलाडीलाई जनही रु एक लाख तथा सात अफिसियललाई जनही रु ५० हजार प्रदान गर्न मन्त्रालयमा सिफारिश गरे पनि मन्त्रायबाट अहिलेसम्म निर्णय हुनसकेको छैन”, उनले। 

सीमित स्रोतसाधन र तयारीका बाबजुद नेपाली टोलीको प्रदर्शनलाई सकारात्मक रुपमा लिनुपर्ने र आउँदा दिनमा नेपाली महिला क्रिकेट खेलाडीलाई पनि राज्यले सम्मान गर्दै अघि बढेमा मात्रै थप केही गर्ने जोश र जाँगर खेलाडीमा बढ्ने अपेक्षा गर्न सकिने बताउछन् नेपाल क्रिकेट सङ्घ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे। 

नेपाली राष्ट्रिय टोलीका पहिलो कप्तान एलबी क्षेत्रीको पहलमा नेपालमा महिला क्रिकेटको उदय भएको थियो। क्षेत्रीले त्यतिबेला बाँकेका विभिन्न ३३ विद्यालय पुगेर क्रिकेटसम्बन्धी प्रशिक्षण दिनुभएको र महिला क्रिकेटको परिवेश सिर्जना गर्न सहयोग पुगेको थियो। विसं २०६१ फागुन १५ गते क्षेत्रीको सपनाले साकार रूप लिएको थियो। नेपाली किशोरी पहिलोपटक औपचारिकरूपमा ब्याट बोकेर मैदान उत्रेका थिए। उक्त प्रतियोगितामा २९ विद्यालयले सहभागिता जनाएका थिए। 

उक्त प्रतियोगिता नै पहिलो राष्ट्रिय महिला क्रिकेट टोली छान्ने आधार बनेको थियो। क्षेत्रीले पुस्तकमा जनाएअनुसार त्यसपछि २०६४ सालमा बाँके र रुपन्देही महिला टोलीबीच तीनवटा मैत्रीपूर्ण खेल भएको थियो। सोही वर्ष नेरी थापाको कप्तानीमा पहिलो राष्ट्रिय महिला घोषणा गरिएको थियो।

कुमारप्रसाद चौलागाईं/रासस

प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्