• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

समाजमा कहिल्यै खुसी नहुने मान्छे पनि चाहिन्छ

64x64
नेपाल लाइभ शनिबार, फागुन १८, २०७५  १३:११
1140x725

लोकतन्त्र र आलोचनाको कुरा गर्दा लोकतन्त्रको कुराकानी भनेर यो आञ्चलिक ठाउँमा उभिएर भन्दाखेरि कुनै अप्ठ्यारो महसुस हुँदैन।

आलोचनालाई कसरी बुझ्नेहरू यो क्रिटिक हो, या क्रिटिसिज्म हो? लोकतन्त्रको क्रिटिक हो या क्रिटिसिज्म हो? या, लोकतन्त्रमा क्रिटिक हो या क्रिटिसिज्मको कत्रो महत्त्व छ? या, लोकतन्त्रमा चर्चाको कति महत्त्व छ? यो सबै कुरा वार्ता र संवादको वरिपरि घुमेको छ। चेतनाको वरिपरि घुमेको छ।

लोकतन्त्र भन्ने शब्द ०६२/६३ को आन्दोलनपछि राजनीतिक वाङ्मयनमा नयाँ होइनन्। त्यही आन्दोलनपछि लोकतन्त्र शब्द हामीकहाँ स्थापित भएर आयो। त्यसले के देखाउँछ भने, कुनै पनि अवधारणाहरू, राजनीतिक विचारहरू प्रयोग र अनुभवबाट शब्दहरू सिर्जना हुन्छन्। र ती शब्दहरूले संसारलाई बुझाउने प्रयत्न गर्छन्।

म प्रजातन्त्रको लागि कुनै समय सक्रिय थिएँ। जेल पनि बसें, निर्वासनमा पनि गएँ। तर अहिले म लोकतन्त्रमा बसिरहेको छु। तर यो के हो त भन्ने कुराले कहिलेकाहीँ दुविधा पनि उत्पन्न हुन थाल्छ।

जो मान्छे किताबमा लेखिएको छैन, त्यसले ठाउँ कहाँ पाउँछ? किताबमा लेखिएको कुराले अभिलेखलाई बुझाउँछ। अक्षरको परम्परा शब्दभन्दा पछि आएको परम्परा हो जस्तो लाग्छ।

अक्षर पनि परम्पराबाट स्थापित हुन्छ। प्रजातन्त्रबाट लोकतन्त्रमा जाँदा परम्पराबाट अनुभवबाट स्थापित भयो। त्यो परम्परा चर्चा परिचर्चा र आलोचनात्मक चेतबाट उठ्यो। आलोचना, वार्ता र संवादको चेत प्रश्नबाट उठ्छ। हाम्रो समयको महत्त्वपूर्ण प्रश्न के हो भनेर घोत्लिन थाल्यौं भने सीमाहरू खुल्दै जान थाल्छन्।

यदि प्रश्न गर्न सकेनौं भने, चुप लागेर बस्यौं भने र अनुभवहरूलाई हामी आफैंभित्र गुम्स्यायौं भने ती पर्खालहरू खुल्दैनन्।

एउटा किसानले पनि उभिएर आकाशतिर हेर्छ र प्रश्न गर्छ, आकाश आज रातो छ। आज पानी आउँछ कि आउँदैन?

nimb
nimb
Ncell 2
Ncell 2

प्रश्न हाम्रो चेतना र विकासको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो।

यसकारण प्रजातन्त्रबाट लोकतन्त्रमा जाने कुरा प्रश्नबाट उब्जिएको छ। त्यसलाई हामीले बिस्तारै बिस्तारै केलाउँदै गएका छौं।

अहिले हामी अनौठो समयमा छौं। अहिले समावेशिताको समय हो भनिरहेका छौं। कोही पनि बाहिर नपरोस् भन्ने हाम्रो कामना छ। तर जुन व्यवस्था हामीले अपनाएका छौं, त्यो पूर्ण छैन। व्यवस्था भन्ने बित्तिकै त्यसको आफ्नो दायरा हुन्छ।

लोकतन्त्रलाई हामीले सिस्टमको रुपमा ग्रहण गर्‍यौं भने यो समावेशी छैन। यसले बहिस्करणमा विश्वास गर्छ। जस्तो कि, भोट हाल्न पाउनु जनताको अधिकारको कुरा हो भनिन्छ। तर भोट लिस्टमा नाम छैन भने व्यक्ति सो प्रक्रियाबाट बञ्चित हुन्छ। यसकारण लोकतन्त्रलाई साध्यको रुपमा हेर्‍यौं भने यो बडो कठिन यात्रा हो। किनकि, लोकतन्त्रको मूर्त स्वरुप यस्तो हुन्छ भनेर आजसम्म कसैले भन्न सकेको छैन।
प्रक्रियाको रुपमा पनि यो ‘फल्टी’ छ। परफेक्ट छैन।

यसलाई प्रश्न र आलोचनात्मक चेतले परिमार्जन गरिरहेको छ।

आज हामी यहाँसम्म आइपुग्दा गरिबको चाहना, नपढेको मान्छेको चाहना, किताबमा नभएको मान्छेको ठाउँ कहाँआट आयो? दुईटा ठाउँबाट आयो। एउटा संघर्षबाट आयो। खोसेर पनि लिए। र, विचारबाट पनि आयो। लोकतन्त्रको दुईटै इतिहास छ। विचारबाट अभिप्रेरित भएर पनि आयो, खोसेर पनि आयो।

सिस्टमको रुपमा लोकतन्त्र हिजो पनि जटिल थियो। आज पनि जटिल छ। निषेधात्मक छ। भोलि पनि निषेधात्मक नै हुनसक्छ। यसको आत्मा बचाइराख्ने हो भने संवाद र प्रश्नबाहेक अरु विकल्प छैन। 

शान्ति सम्झौता भएदेखि दुईदुईवटा संविधानसभा देख्यौं। हामीले त कुरै गरेर बिताउने भयौं हो। ठूलो चर्चा परिचर्चा, पहिलो संविधानसभाको अवसान, फेरि दोस्रो चुनाव। केका लागि तयार भयौंरु किनकि, त्यो संविधानको किताब बनोस् भन्ने थियो। धेरैभन्दा धेरै मान्छेको त्यो किताबमा नाम लेखियोस् भन्ने थियो। तर बिडम्बना त्यो चेतना अहिले सुस्त भएको अवस्था छ।

के भनिन्छ भने राजनीति क्रान्ति सकियो। अहिले आर्थिक क्रान्तिको समय छ।

दस वर्षमै अतालिएर हामी फेरि त्यो चेतलाई प्रश्न गर्दैछौं।

मानिस त्यस्तो जात हो, जो सबैभन्दा पहिले थाक्छ। आलोचनात्मक पक्ष, प्रश्न वा संवादले हामीलाई थाक्न दिँदैन।

यदि लोकतन्त्रमा जनता थाक्यो भने लोक हुनुको अर्थ सिद्धिएर जान्छ। नथाक्नको निम्ति पनि हामीले एकअर्कामा पौंठाजोरी गर्नैपर्छ। एकअर्कालाई प्रश्न र आलोचना गर्नै पर्छ। चर्चा र परिचर्चा गर्नैपर्छ।

सबैभन्दा ठूलो इमानदारीताको प्रश्न हो। हिजो हामीले के भनेका थियौं। मसी सुक्न नपाउँदै, आकाशको आवाजको इको हराउन नपाउँदै बिर्सन थालेका छौं। यो विस्मृतिको परम्परालाई चुनौती दिन पनि हामीले आवाज घन्काइरहनुपर्छ। आलोचनात्मक चेतको बत्ति जोगाइहरनुपर्छ। बिर्संदै गयौं भने हामीले प्रगति गर्ने सम्भावना क्षीण भएर जान्छ।

असन्तुष्टि हाम्रो आधारभूत चरित्र हो। तर असन्तुष्टिलाई कसरी व्यवस्थापन गर्ने, त्यसको पनि तरिका छ। समाजले असन्तुष्टिलाई व्यवस्थापन नगरेको भए हामी यहाँसम्म आइपुग्ने थिएनौं। त्यसकारण कसैले प्रश्न गर्छ भने त्यो असन्तुष्ट र त्यो असन्तुष्टलाई व्यवस्थापन गर्ने एक किसिमको परम्परा विकसित हुँदैछ।

हामीलाई समाजमा कहिल्यै खुसी नहुने मान्छे पनि चाहिन्छ।

झापामा केही असन्तुष्टहरू जम्मा भएका छन् भन्ने प्रश्न उठ्न सक्छ। मलाई गर्व छ किनकि, असन्तुष्टिले मलाई कहीँ पुर्‍याउँछ। किनकि म हुनुको अर्थ मेरो प्रश्नमा छ।

हामीले प्रश्न र समस्याहरूसँग डरायौं भने लोकतन्त्रको अगाडिको बाटो खोल्न सक्दैनौं। प्रश्नले नै सिद्धार्थलाई गौतम बनायो।

मानिस जातमा बाँडिएको छ। लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए- मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।

तर, दिल सानो भइसकेपछि के गर्ने? ठाँउ त खोज्नुपर्‍यो। दिलमा अटाउने ठाउँ त खोज्नुपर्‍यो नि। त्यो ‘क्लेम’ र ‘काउन्टर क्लेम’लाई, पोलिटिकल साइन्टिस्टको हैसियतले मलाई के लाग्छ भने, 'पोलिटिक्स इज अल अबाउट क्लेम एण्ड काउन्टर क्लेम्स एण्ड फाइन्डिङ सोलुसन। सोलुसन इज स्टिल फार अवे'। तर, 'क्लेम' र 'काउन्टर क्लेम' त चल्नै पर्‍यो। यत्ति हो कि एक अर्कालाइ निषेध गर्ने नाममा शरीर नै नष्टानुभूत गर्नु भएन। अर्काको अस्तित्व स्विकार गर्न सक्नुपर्‍यो।

मलाई लाग्छ, लोकतन्त्रको आधार पनि यही हो, अस्तित्व र सहअस्तित्व। तर सहअस्तित्वको नाममा एकले अर्कालाई सिध्याउने काम गर्नु भएन। मैले के भनिरहेको छु भने यो यात्रा निकै कठिन र जटिल छ। तर हामी १० वर्ष मै अत्तालिए जस्तो छौँ। हिजो ठूलाठूला नारा लगाउने मानिसहरू आज थाकेका छन्। थाकेका मात्र छैनन्, बेइमान भएका छन्। मलाई भन्न केही डर लाग्दैन। सघीयताको नाममा यत्रो वर्ष उराले, यत्रो खर्च भइसक्यो, इम्प्लिमेन्ट गर्ने बेलामा खुट्टा कमाइरहेको देखिएको छ।

राजनितिक नेतृत्व बेइमान भयो भनेर भन्न पाउने कि नपाउने? मैले भित्र गएर बुथमा भोट हाल्ने बेलामा एउटा दलित महिलालाई पोलिटिकल कन्ट्राक्टको आधारमा हालेको छु। अब त्यहाँ भोट हालेर बाहिर आइसकेपछि ‘त्यो महिला?’ भनेर डिसवन गर्न मिल्छ?

हामी अब राजनीतिक इभोल्भ हुन्छौँ भनेर कन्सि्टच्युसन एसेम्ब्लीबाट आएको सेकेन्ड डकुमेन्टलाई एसेप्ट गरेको।

वेदमा त प्रश्न गर्न पाइन्छ। उपनिषद्‍मा त प्रश्न गर्न पाइन्छ। यो संविधानमा प्रश्न गर्न किन पाइँदैन?

यहाँ मलाई धेरै साथीहरूले विकास विरोधी भन्नुहोला। तर, जुन पहाड खलबलिएर अहिलेसम्म सेटल हुन सकेको छैन, मुग्लिन राजमार्ग दसौं वर्षसम्म जीर्ण अवस्थामा हुन्छ र तपाईं राम राम राम भन्दै यात्रा गर्नुहुन्छ अनि ठूलोठूलो सपना देखाउने?

काठमाडौंमा भएका ढलहरू पुर्न नसकेको वर्षौं भइसक्यो। मेरो बाटो, ढल, सडक ठीक छैन अनि ठूलोठूलो सपना देखाउने? अनि विश्वास नगरेर यो के हो त भन्दा दलको बिल्ला भिराउने, असन्तुष्टको बिल्ला भिराउने? अराजकको बिल्ला भिराउने?

यो समाज बहुत जटिल भयो। त्यसकारण हामीले प्रश्न गर्न पाउनुपर्ने अधिकारलाई सुनिश्चित गर्नुपर्छ। 

संघीयताले हरेक ठाउँमा आफ्नो नयाँपन खोज्छ। झापाबाट नयाँ कुराको सुरुवात हुन सक्ने कि नसक्ने? हामी किन खुट्टा कमाउँछौं?

यदि हामीले लोकतन्त्रलाई आलोचनात्मक चेतसँग जोड्यौँ भने हरेक ठाउँ विशेषको प्रश्न हुन्छ र ती प्रश्नहरूलाई जोड्न सकिन्छ। क्षेत्रीयताको सन्दर्भमा होस् या संघीयताको सन्दर्भमा होस् वा स्थानीय सरकारको सन्दर्भमा होस्। स्थानीय सरकारहरूले प्रश्न गर्न थाले भने अरुभन्दा फरक कसरी छु, प्रतिस्पर्धात्मक कसरी छु?

‘निओ-लिवरल एज’मा छौँ हामी। एकअर्कासँग मिल्ने र सहकार्य गर्ने हो भने धेरै 'इनोभेसन'को सम्भावना पनि देख्छु म। 

आधारभूत रुपमा हेर्ने हो भने स्थानीयता नै राष्ट्रियता हो, अर्को शब्दमा भन्नुपर्दा। त्यसकारण आलोचनात्मक चेतले स्थानीय तहलाई पनि प्रश्न गर्नुपर्‍यो। विगतमा प्रश्न गरिएको हुनाले आज हामी स्वतन्त्र छौँ।

विचारको विविधता लोकतन्त्रको आधार हो। अध्ययनले विविधताललाई प्रोत्साहित गर्छ। ‘मनोपोली अफ नलेज’लाई चिर्न जरुरी छ। नदि बगेजस्ते हुँदोरहेछ। यदि कुनै नदि चार किलोमिटर राम्रो बग्यो भने फोहोरमैला हटेर जान्छ। यदि अध्ययनलाई नदिको बगाइसँग तपाईंले तुलना गर्नुभयो भने मन निखारिदैँ जान्छ।

पहिलापहिला किताब नपल्टाऊ बौलाइन्छ भन्थे। त्यो भनेको नलेजप्रति मोनोपोली राखेको हो। अहिले पनि हामीलाई धेरै कुरा नसुन हामीले भनेको मात्र सुन, तिमीले सोध्नै पर्दैन, मसँग सबै उत्तर छ भन्ने जुन परिस्थितिमा हामी गुज्रिरहेका छौँ। प्रशस्त अध्ययन गर्‍यौं भने, मलाई लाग्छ, हामी अहिलेको समयलाई चिर्न सक्छौँ।  

(काँकडभिट्टामा सुरु भएको कला साहित्य उत्सवमा शर्माले राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्