• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

गिजाबाट रगत आउने ९ कारण र बच्ने उपाय

64x64
नेपाल लाइभ शनिबार, फागुन १८, २०७५  ११:४४
1140x725

अधिकांशले दाँत ब्रस गर्दा रगत आउनुलाई सामान्य ठान्ने गरेको पाइन्छ। तर, हात खुटा धुँदा रगत नआएजस्तै दाँत ब्रस गर्दा पनि रगत आउनु हुँदैन। गिजाबाट रगत आउनु भनेको ‘पेरियोडेन्ट’ (गिजारोग) को पहिलो लक्षण हो। केही टोक्दा दाँतबाट रगत आउँछ भने त्यसलाई ‘इन्फेक्सन’ भनेर बुझ्नुपर्छ।

हामी दाँत सिरिङ्ग भयो, दुख्यो भने मात्र दत्त चिकित्सककहाँ जान्छौं। तर पेरियोडेन्ट दुख्ने किसिमको रोग होइन। त्यसैले मानिसले यसलाई बेवास्ता गर्छन्। 

यो रोग लागेको १०औं वर्षसम्म पनि मानिस डक्टरकहाँ पुग्दैनन्। यदि पुगिहाले पनि डक्टरले तपाईंलाई गिजाको रोग लागेको छ, उपचार गर्नुपर्छ भन्दा विश्वास गर्दैनन्। हुन पनि नदुखेपछि कसले विश्वास गर्छ र। किनकि नेपाली समाज भनेको त बिरामी भएर हिँड्नै नसक्ने भएपछि मात्र अस्पताल जानुपर्छ भन्ने मानसिकताबाट ग्रसित छ। 

ब्रस गर्नुपर्छ भन्ने त सबैलाई थाहा छ, तर दाँतको बीचबीचमा पनि ब्रस गर्नुपर्छ, फ्लस गर्नुपर्छ भन्ने कमैलाई थाहा हुन्छ। 

९० प्रतिशत मानिसको ब्रस गर्ने तरिका मिलेको हुँदैन। ब्रस गर्ने तरिका नमिलेपछि फोहोर अड्किन्छ। नेपालमा विकसित देशमा जस्तो ६–६ महिनामा डक्टरकहाँ गएर दाँत चेकअप गर्ने चलन पनि छैन।

स्वस्थ गिजाले दाँतको जरालाई छोपेको हुन्छ र हड्डी कसेको हुन्छ। अस्वस्थ गिजालाई ‘जिन्जबाइटिक्स’ भनिन्छ, त्यहाँ गिजा रातोरातो हुन्छ। त्यति नै बेला डक्टरकहाँ गएर सफाइ गर्यो भने ठिक हुन्छ।

तर, हामी सफाइ पनि गर्दैनौं। जब फोहोर गिजा भित्रभित्र जान्छ तब दाँतको हड्डी खिइन थाल्छ। हड्डी खिइँदै गएको २–४ वर्षसम्म थाहै हुँदैन, १०–१५ वर्षपछि थाह पाउँदा हड्डी खिइएर दाँत हल्लिन थालिसकेको हुन्छ। 

त्यसरी हड्डी खिइएर दाँत कमजोर भएपछि दाँत निकाल्नुको विकल्प हुँदैन। त्यसपछि ‘इम्पलान्ट’ गरेर कृत्रिम दाँत राखिन्छ जुन प्राकृतिक दाँतजस्तो कदापि हुँदैन। त्यसैले ब्रस गर्दा गिजाबाट अलिकता पनि रगत आएको छ वा सास गह्नाएको छ भने बेलैमा उपचार गराउनुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

धेरै डक्टरको दाँत चेकअप गर्दा गिजालाई हेर्ने बानी हुँदैन। दाँत परीक्षण गर्दा किराले खाएको, भाँचिएको भन्ने गरे पनि गिजा हेर्ने चलन छैन। तर, गिजा भनेको दाँतको जग हो। त्यसैले दाँत गिजादेखि नै राम्रो र स्वस्थ हुनुपर्छ। 

डाक्टरले पनि दाँतलाई माथि किराले खाएको मात्र हेरेर हुँदैन। किराले खाएको दाँतमा ‘फिल’ गर्नुपर्छ भन्ने सबैलाई थाहा हुन्छ तर गिजाको उपचार गर्नुपर्छ भन्ने धेरैले ख्याल गर्दैनन्। गिजाको रोग लाग्नलाई उमेरले फरक पारेको हुँदैन, कोही ९० वर्षका मानिसको पनि दाँत र गिजा स्वस्थ हुन्छ, कोही २० वर्षकै युवाको दाँत झरिसकेको हुन्छ। यो उमेरले होइन, दाँतमा फोहोर जम्दै गएपछि लाग्ने रोग हो।

दाँत ब्रस गरेर मात्र हुँदैन, ब्रस गर्दा ६० प्रतिशत मात्र सफा हुन्छ। त्यसैले ब्रस सँगसँगै डेन्टल फ्लस, इन्टर डेन्टल ब्रस वा टुथ पिकले सफा गर्नुपर्छ। 

गिजा अस्वस्थ छ भने मिर्गौला, मुटुजस्ता अंगमा पनि संक्रमण हुन सक्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गर्भवती महिलामा हर्मनले गर्दा गिजाको रोग लाग्न सक्छ। गर्भावस्थामा एक्सरे गर्न र औषधि प्रयोग गर्न मिल्दैन, त्यसैले गर्भवती हुनुपूर्व एकपटक गिजा र दाँतको चेक गराउनुपर्छ। गर्भवती महिलामा गिजाको रोग छ भने समयभन्दा पहिले नै कम तौल भएको बच्चा जन्मिन सक्छ। 

के कारणले लाग्छ रोग?

– सरसफाइको कमी, 

– दाँतको उपचार गर्ने तर गिजाको उपचार नगर्ने बानी,

– हर्मोनको गडबढी, 

– खाना खाएपछि कुल्ला नगर्ने बानी, 

– दाँतको ‘डिप’ सफा नहुँदा,

– धूमपानले गर्दा गिजामा हुने इन्फेक्सन (धूमपान गर्ने मानिसलाई नगर्ने मानिसभन्दा ७ गुणा बढी इन्फेक्सन हुन्छ), 

– ब्लड सुगर नियन्त्रणमा नहुँदा, 

– दाँत सफा नगर्ने बानी, 

– परिवारमा कसैलाई गिजा सम्बन्धी रोग छ भने अन्यलाई सर्ने सम्भावना, आदि।

गिजारोग लाग्न नदिन के गर्ने?

– गिजा र दाँत सफा गर्न दिनमा दुई पटक ब्रस र फ्लस गर्ने। 

– कार्बोहाइड्रेड भएकोे खाना खाएपछि कुल्ला गर्ने बानी बसाल्ने।

– कुनै बेला दुई दाँतको बीचमा खानाका टुक्रा फसिरहेको हुन्छ, जसले गर्दा मुखमा गम्भीर असर पर्छ। त्यसका लागि प्रत्येक पटक खाना खाएपछि फ्लसिङ वा कुल्ला गर्नुपर्छ।

– सास गह्नाउने र ब्रस गर्दा रगत आउने भयो भने गिजा स्वस्थ नहुन सक्छ। त्यसैले दन्त चिकित्सकसँग सल्लाहा गर्नुपर्छ।

– हरेक ६–६ महिनामा दाँत परीक्षण गराउने। 

– धूमपान र सुर्ती सेवन गर्नु हुँदैन। 

उपचार र बच्ने उपचार

पहिलो चरणमै बिरामी आए भने एउटा सुइ पनि लगाउनुपर्दैन। अचेल गिजाको ‘फ्ल्याप सर्जरी’ हुन्छ। त्यसमा गिजालाई सुइ दिएर खोलेर सफा गरिन्छ। यस्तै ‘लेजर’बाट पनि गिजाको सफाइ हुन्छ। 

गिजाको रोगको उपचार त्यति गाह्रो छैन। पहिलो त ‘डिप’ सफाइ नै हो। ब्रस राम्रोसँग गर्नुपर्छ, नजानेको भए चिकित्सकसँग सिक्ने पनि सकिन्छ। बेला–बेलामा दत्त चिकित्सकसँग परीक्षण गर्ने। दिनमा दुई पटक ब्रस गर्ने, इन्टर डेन्टल ब्रसले सफा गर्ने र फ्लस गर्ने।

खाना वा गुलियो चिज खाइसकेपछि कुल्ला गर्ने बानी बसाले हामी यो रोग लाग्नबाट जोगिन सक्छौं।

(डा सिंह पेरिओडोन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलोजीकी अध्यक्ष हुन्)

प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५  ११:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्