काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएपछि मन्त्री पुन अस्पतालबाट आज (शनिबार) डिस्चार्ज भएका छन्।
मन्त्री पुनलाई आज डिस्चार्ज गरिने र बुधबार फलोअप रहेको नर्भिक अस्पतालका चिकित्सक डा विप्लव सापकोटाले जानकारी दिए।
मुटुको चालमा समस्या भई रिंगटा लागेर लडेपछि मन्त्री पुनलाई बिहिबार साँझ अस्पताल भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।