• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत ८, २०८२ Sun, Mar 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

\'सरकार न्यूनतम ज्याला बढाउने योजनामा छ\'

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १७, २०७५  १६:२८
1140x725

कृषिक्षेत्रमा जोखिम बढी छ। जोखिम भएकै कारण कृषिलाई राज्यले संरक्षण गर्नु परेको हो। भूमिको जोखिम छ, एक त भौतिक रूपमा हेर्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम छ, माटो भू-क्षय हुने, कृषि सामग्री, रासायनिक मल, भूमिको गुणस्तरमा क्षयीकरण हुँदै जाने, पानीको मुहान सुक्ने, भएका पनि व्यवस्थित नहुँने, जलवायु परिवर्तनले मौसमी बदलीमा समस्या हुँदा पानीको जोखिम बढेको छ। अन्य पनि जोखिम हुने गरेका छन्।

बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म पनि जोखिम धेरै छन्। सुरक्षित भण्डारणका अभावमा उपभोक्तासम्म पुग्दा गुणस्तर खस्कने गरेको छ। अब जहाँ–जहाँ जोखिम व्यवस्थापन गर्न सकिन्छ, त्यहाँ–त्यहाँ काम गर्ने हो भनेर हामीले अभियान सुरु गरेका छौं। मौसम हामीले परिवर्तन गर्न सक्दैनौं।

 तर अहिले बिमा गर्न थालिएको छ। माटोको गुणस्तर सुधार्ने काम भएका छन्। खाद्यान्न उत्पादनमा मूल्य तोक्ने विषयमा अगाडि काम गरेका छौं। केही खाद्यवस्तुमा मूल्य तोक्ने काम हुँदैछ। अहिले उत्पादनमा लागत बढेको छ। उत्पादनमा अनुदानका प्रकृयाहरु अघि बढेको छ।

कृषि मन्त्रालयका कार्यक्रमहरुमा अनुदानको सबैभन्दा बढी छ। अनुदान कृषकले नपाएको गुनासो त्यो भन्दा बढी छ। बारम्बार हाम्रो अनुदान कहाँ जान्छ भन्ने प्रश्न उठ्ने गरेको छ। किसनाको घरदैलोमा अझै पुगेका छैनन्। यो निकै चिन्ताको विषय बनेको छ।

अहिले संघ सरकारको कार्यक्रम सबै किसानको घरमा पुग्न सकेन भनेर स्थानीय सरकार छ। अब स्थानीय तहले धेरै कार्यक्रमहरु गर्ने भनेर धेरै काम तोकेका छौं। मेरो अनुरोध स्थानीय सरकारका जनप्रतिनिधिलाई के हो भने तपाईहरुले सडक मात्र नहेर्नू। सडकमा मात्र लगानी नगर्नू।

भौतिक पूर्वाधार चाहिन्छ, त्यही कृषि उपजलाई बजारीकरण गर्न बाटो चाहिन्छ। तर सन्तुलित ढंगको। तर कृषकले राम्रो सामान उत्पादन नगर्ने हो भने त्यो सडकले पनि प्रतिफल दिँदैन। त्यसो हुनाले स्वास्थ्य, सेवा, कृषि, भौतिक पूर्वाधारको क्षेत्रलाई सन्तुलित ढंगले बजेट बिनियोजन गर्नु भन्ने हाम्रो आग्रह हो।

संघीय सरकारको बजेटको ठूलो अंश स्थानीय र प्रदेश तहबाटै खर्च गर्ने व्यवस्था छ। संघले गर्ने बजेटको खर्चमा कति अनुपात बजेट खर्च भयो भनेर ठूलो बहस हुने गरेको छ। संघीय संरचनाको लाभ जनप्रतिनिधि र जनप्रतिनिधि छान्ने किसान पनि लाभ लिन सक्नुपर्छ।

अहिले उत्पादन भएको वस्तु मंहगो भएको छ। उत्पादन भएको वस्तुको लागत बढी भएर किसान मर्कामा परीरहेका छन्। यो बीचमा के समस्या भएको हो। समस्या उत्पादकत्वका हो वा हामीले प्रयोग गर्ने सामग्री वा प्रविधि के को हो? प्रतिलिटर ७०/८० रुपैयाँसम्म पनि दूध बेच्दा कृषहरुले नाफा छैन भनी रहनु भएको छ। त्यही दूध किनेर खाने स्थिति हुँदैन।

Ncell 2
Ncell 2

किनेर खान सक्ने जमात पनि चाहिन्छ। कृषिभन्दा बाहिर रहेका वा त्यही उत्पादन किनेर खान सक्ने स्थिति कसरी सृजना गर्न सक्ने? ज्यालामा वा न्यून आय गर्ने कर्मचारी छ। उसले कसरी दैनिक आधा लिटर दुध किनेर खान सक्ने हैसियत राख्दैन भने उसको क्रयशक्ति पनि बढाउन आवश्यक छ।

यसका लागि हामीले दुई वटा काम गर्दै छौं। यसका लागि हामीले मूल्यवृद्धिलाई एउटा सीमामा राख्ने र अर्को न्यूनतम ज्याला बढाउने योजना रहेको छ। ज्याला बढाएपछि उसले उत्पादन भएको वस्तुमा केही तिर्न सक्छ। हामीले अब क्रयशक्ति बढाउनै पर्छ। किनेर खानेको क्षमता बढाउन पनि बढाउन आवश्यक छ। हामीले निकासी गर्ने कृषि सामाग्रीमा अनुदान दिने भनेको छौं।

अहिले कृषि उत्पादन किन मंहगो भएको हो? रासायनीक मल महंगो भएको हो ? अन्तर्राष्ट्रिय बजारमा ४७/४८ रुपैयाँ प्रतिकेजी पर्ने रासायनीक मल हामीले १६ रुपैयाँमा अहिले बेचेको छौं। तीन गुणा बढी महंगो छ। अहिले सरकारले न्यून मूल्यमा किसानलाई दिइरहेको छ। यो कहाँ प्रयोग भएको छ भन्ने महत्वपूर्ण देखिएको छ। दुग्ध उत्पादन गर्ने कृषकलाई पनि अनुदान दिएका छौं। स्थानीय तहले त गाई बस्तुलाई सुत्केरी भत्ता समेत दिन थालेका छन्।

तर दाना महंगो छ। यसले मासु, दुध मंहगोे हुने गरेको छ। हामी खाद्यन्न धेरै प्रयोग गरिरहेका छौं। कयिपयले आयातीत खाद्यान्न प्रयोग गरीरहेका छौं। अब हामीले घाँसपातमा आधारीत दाना पानीलाई विकास गर्न आवश्यक छ। मुलुक भित्रै खाद्यान्न उत्पादन बढाउने हो भने हामी पनि आत्मनिर्भर हुँदै जाने छौं।

उत्पादन लागत बढाउने विषय हेर्न जरुरी छ। त्यसमा नश्लको विषय महत्वपूर्ण हुने गरेको छ। नश्ल उन्नत जातको भएन भने, कृषिमा बीउ उन्नत जातको भएन भने त्यो धेरै उत्पादन हुँदैन। प्रविधि पनि आवश्यक छ। यसमा सहकारीको भूमिका पनि आवश्यक छ। कृषि उत्पादन बढाउन हामीले यान्त्रीकरणमा जानै पर्छ।

यो साना किसानले एक्लै गरेर सम्भव हुँदैन। समूहमा हुनु आवश्यक छ। अनुदान एक्लै–एक्लै दिँदा दुरुपयोग भयो। अब हामीले सहकारीबाट जानै पर्छ। प्रविधि दिँदा पनि समूहमा पुग्न सजिलो हुन्छ। यसले लागत कम हुन्छ। त्यसैले सहकारीले प्रविधि हस्तान्तरण गर्ने, प्रशोधन गर्ने, बजारीकरण गर्ने, अन्तर्राष्ट्रियकरण गर्ने काममा सहयोग गर्नसक्छ। लघु बिमा सहकारीबाट अघि बढाइने छ। जोखिम व्यवस्थापनमा बीमाको भूमिका महत्वपूर्णं हुने छ।

कृषिमा लगानी गर्न सुरु सुरुमा बैंकमा अनिश्चय भएका थिए। बीमा राम्रो रुपमा हुने, बजार मूल्य राम्रो हुने भएपछि हामीले बैंकलाई ऋण दिनैपर्छ भनेर भन्यौं। कृषिमा राम्रो सहयोग नगर्ने हो भने बैंकिङ क्षेत्रको विकास आफैमा पनि छिटो अघि बढ्दैन। यो कुरा बैंकहरुले बुझदै गएका छन्। आगामी दिनमा सहज हुँदै जानेछ।

छलफलबाट जति धारणाहरु आउँछन ती धारणालाई सरकारले पनि आत्मसाथ गरी अगाडि बढ्दै जाने छ ती सुझावले कृषिको क्षेत्रमा आगामी दिनमा थप रणनीति बनाउन सरकारलाई सहयोग मिल्ने छ। 

हामी तपाईहरुलाई सधै साना किसान देख्न चाहादैनौं। सानो हुदाँ वित्तिकै सानै काम गर्नुपर्छ भन्ने कहिल्यौ होइन। इजरायली राजदूतले भन्नु भयो नेपाल इजरायलभन्दा सात गुणा ठुलो छ।

तर उहाँहरुले त ठुलठुला काम गर्नुभएको छ नि। अन्तर्राष्ट्रियस्तरमा इजरायललाई नचिन्ने को छ ल? सानो सुन्दर हुन्छ तर सानो सुन्दरलाई कहिलेकाहीँ ठूलो आकारमा सृजना गर्नुपर्ने हुन्छ।

सानोलाई ठूलो आकार दिने भनेको साना किसान र व्यवसायी मिलेर ठुलो कृषिको विकास गर्न सक्ने वातावरणमा जाने हो। त्यसो भयो भने उत्पादकत्व पनि बढ्छ।

हाम्रो समाजमा हाम्रो आवाज सुन्ने संयन्त्र पनि बलियो हुन्छ। हामी प्रशोधन र बजारीकरण गर्ने तहसम्मको लागत प्रभावकारिता पनि हुन्छ। त्यसैले साना किसानहरू संगठित भएर सहकारी र सामूहिक खेती प्रणालीको बाटोमा जानैपर्छ, हामीसँग यसको विकल्प छैन। 

कृषिको रुपान्तरण गर्नु जरुरी छ। भेलाले निकालेको निचोड आगामी बजेट निर्माणमा पनि सहयोगी हुने सकुन्। प्राप्त सुझाव कार्यान्वयनमा जानेमा विश्वास दिलाउन चाहान्छु।

(अर्थमन्त्री समेत रहेका डा खतिवडाले साना किसान सम्मेलनमा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश।)

प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  १६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आइतबार, चैत ८, २०८२
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आइतबार, चैत ८, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने शनिबार, चैत ७, २०८२
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै शनिबार, चैत ७, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने शनिबार, चैत ७, २०८२
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना शनिबार, चैत ७, २०८२
'कार्की आयाेगकाे प्रतिवेदन सार्वजनिक गरियाेस्, म कतैबाट परिचालित छु कि छैन जान्न चाहन्छु' शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्