• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

\'सरकार न्यूनतम ज्याला बढाउने योजनामा छ\'

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १७, २०७५  १६:२८
1140x725

कृषिक्षेत्रमा जोखिम बढी छ। जोखिम भएकै कारण कृषिलाई राज्यले संरक्षण गर्नु परेको हो। भूमिको जोखिम छ, एक त भौतिक रूपमा हेर्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम छ, माटो भू-क्षय हुने, कृषि सामग्री, रासायनिक मल, भूमिको गुणस्तरमा क्षयीकरण हुँदै जाने, पानीको मुहान सुक्ने, भएका पनि व्यवस्थित नहुँने, जलवायु परिवर्तनले मौसमी बदलीमा समस्या हुँदा पानीको जोखिम बढेको छ। अन्य पनि जोखिम हुने गरेका छन्।

बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म पनि जोखिम धेरै छन्। सुरक्षित भण्डारणका अभावमा उपभोक्तासम्म पुग्दा गुणस्तर खस्कने गरेको छ। अब जहाँ–जहाँ जोखिम व्यवस्थापन गर्न सकिन्छ, त्यहाँ–त्यहाँ काम गर्ने हो भनेर हामीले अभियान सुरु गरेका छौं। मौसम हामीले परिवर्तन गर्न सक्दैनौं।

 तर अहिले बिमा गर्न थालिएको छ। माटोको गुणस्तर सुधार्ने काम भएका छन्। खाद्यान्न उत्पादनमा मूल्य तोक्ने विषयमा अगाडि काम गरेका छौं। केही खाद्यवस्तुमा मूल्य तोक्ने काम हुँदैछ। अहिले उत्पादनमा लागत बढेको छ। उत्पादनमा अनुदानका प्रकृयाहरु अघि बढेको छ।

कृषि मन्त्रालयका कार्यक्रमहरुमा अनुदानको सबैभन्दा बढी छ। अनुदान कृषकले नपाएको गुनासो त्यो भन्दा बढी छ। बारम्बार हाम्रो अनुदान कहाँ जान्छ भन्ने प्रश्न उठ्ने गरेको छ। किसनाको घरदैलोमा अझै पुगेका छैनन्। यो निकै चिन्ताको विषय बनेको छ।

अहिले संघ सरकारको कार्यक्रम सबै किसानको घरमा पुग्न सकेन भनेर स्थानीय सरकार छ। अब स्थानीय तहले धेरै कार्यक्रमहरु गर्ने भनेर धेरै काम तोकेका छौं। मेरो अनुरोध स्थानीय सरकारका जनप्रतिनिधिलाई के हो भने तपाईहरुले सडक मात्र नहेर्नू। सडकमा मात्र लगानी नगर्नू।

भौतिक पूर्वाधार चाहिन्छ, त्यही कृषि उपजलाई बजारीकरण गर्न बाटो चाहिन्छ। तर सन्तुलित ढंगको। तर कृषकले राम्रो सामान उत्पादन नगर्ने हो भने त्यो सडकले पनि प्रतिफल दिँदैन। त्यसो हुनाले स्वास्थ्य, सेवा, कृषि, भौतिक पूर्वाधारको क्षेत्रलाई सन्तुलित ढंगले बजेट बिनियोजन गर्नु भन्ने हाम्रो आग्रह हो।

संघीय सरकारको बजेटको ठूलो अंश स्थानीय र प्रदेश तहबाटै खर्च गर्ने व्यवस्था छ। संघले गर्ने बजेटको खर्चमा कति अनुपात बजेट खर्च भयो भनेर ठूलो बहस हुने गरेको छ। संघीय संरचनाको लाभ जनप्रतिनिधि र जनप्रतिनिधि छान्ने किसान पनि लाभ लिन सक्नुपर्छ।

अहिले उत्पादन भएको वस्तु मंहगो भएको छ। उत्पादन भएको वस्तुको लागत बढी भएर किसान मर्कामा परीरहेका छन्। यो बीचमा के समस्या भएको हो। समस्या उत्पादकत्वका हो वा हामीले प्रयोग गर्ने सामग्री वा प्रविधि के को हो? प्रतिलिटर ७०/८० रुपैयाँसम्म पनि दूध बेच्दा कृषहरुले नाफा छैन भनी रहनु भएको छ। त्यही दूध किनेर खाने स्थिति हुँदैन।

nimb
nimb
Ncell 2
Ncell 2

किनेर खान सक्ने जमात पनि चाहिन्छ। कृषिभन्दा बाहिर रहेका वा त्यही उत्पादन किनेर खान सक्ने स्थिति कसरी सृजना गर्न सक्ने? ज्यालामा वा न्यून आय गर्ने कर्मचारी छ। उसले कसरी दैनिक आधा लिटर दुध किनेर खान सक्ने हैसियत राख्दैन भने उसको क्रयशक्ति पनि बढाउन आवश्यक छ।

यसका लागि हामीले दुई वटा काम गर्दै छौं। यसका लागि हामीले मूल्यवृद्धिलाई एउटा सीमामा राख्ने र अर्को न्यूनतम ज्याला बढाउने योजना रहेको छ। ज्याला बढाएपछि उसले उत्पादन भएको वस्तुमा केही तिर्न सक्छ। हामीले अब क्रयशक्ति बढाउनै पर्छ। किनेर खानेको क्षमता बढाउन पनि बढाउन आवश्यक छ। हामीले निकासी गर्ने कृषि सामाग्रीमा अनुदान दिने भनेको छौं।

अहिले कृषि उत्पादन किन मंहगो भएको हो? रासायनीक मल महंगो भएको हो ? अन्तर्राष्ट्रिय बजारमा ४७/४८ रुपैयाँ प्रतिकेजी पर्ने रासायनीक मल हामीले १६ रुपैयाँमा अहिले बेचेको छौं। तीन गुणा बढी महंगो छ। अहिले सरकारले न्यून मूल्यमा किसानलाई दिइरहेको छ। यो कहाँ प्रयोग भएको छ भन्ने महत्वपूर्ण देखिएको छ। दुग्ध उत्पादन गर्ने कृषकलाई पनि अनुदान दिएका छौं। स्थानीय तहले त गाई बस्तुलाई सुत्केरी भत्ता समेत दिन थालेका छन्।

तर दाना महंगो छ। यसले मासु, दुध मंहगोे हुने गरेको छ। हामी खाद्यन्न धेरै प्रयोग गरिरहेका छौं। कयिपयले आयातीत खाद्यान्न प्रयोग गरीरहेका छौं। अब हामीले घाँसपातमा आधारीत दाना पानीलाई विकास गर्न आवश्यक छ। मुलुक भित्रै खाद्यान्न उत्पादन बढाउने हो भने हामी पनि आत्मनिर्भर हुँदै जाने छौं।

उत्पादन लागत बढाउने विषय हेर्न जरुरी छ। त्यसमा नश्लको विषय महत्वपूर्ण हुने गरेको छ। नश्ल उन्नत जातको भएन भने, कृषिमा बीउ उन्नत जातको भएन भने त्यो धेरै उत्पादन हुँदैन। प्रविधि पनि आवश्यक छ। यसमा सहकारीको भूमिका पनि आवश्यक छ। कृषि उत्पादन बढाउन हामीले यान्त्रीकरणमा जानै पर्छ।

यो साना किसानले एक्लै गरेर सम्भव हुँदैन। समूहमा हुनु आवश्यक छ। अनुदान एक्लै–एक्लै दिँदा दुरुपयोग भयो। अब हामीले सहकारीबाट जानै पर्छ। प्रविधि दिँदा पनि समूहमा पुग्न सजिलो हुन्छ। यसले लागत कम हुन्छ। त्यसैले सहकारीले प्रविधि हस्तान्तरण गर्ने, प्रशोधन गर्ने, बजारीकरण गर्ने, अन्तर्राष्ट्रियकरण गर्ने काममा सहयोग गर्नसक्छ। लघु बिमा सहकारीबाट अघि बढाइने छ। जोखिम व्यवस्थापनमा बीमाको भूमिका महत्वपूर्णं हुने छ।

कृषिमा लगानी गर्न सुरु सुरुमा बैंकमा अनिश्चय भएका थिए। बीमा राम्रो रुपमा हुने, बजार मूल्य राम्रो हुने भएपछि हामीले बैंकलाई ऋण दिनैपर्छ भनेर भन्यौं। कृषिमा राम्रो सहयोग नगर्ने हो भने बैंकिङ क्षेत्रको विकास आफैमा पनि छिटो अघि बढ्दैन। यो कुरा बैंकहरुले बुझदै गएका छन्। आगामी दिनमा सहज हुँदै जानेछ।

छलफलबाट जति धारणाहरु आउँछन ती धारणालाई सरकारले पनि आत्मसाथ गरी अगाडि बढ्दै जाने छ ती सुझावले कृषिको क्षेत्रमा आगामी दिनमा थप रणनीति बनाउन सरकारलाई सहयोग मिल्ने छ। 

हामी तपाईहरुलाई सधै साना किसान देख्न चाहादैनौं। सानो हुदाँ वित्तिकै सानै काम गर्नुपर्छ भन्ने कहिल्यौ होइन। इजरायली राजदूतले भन्नु भयो नेपाल इजरायलभन्दा सात गुणा ठुलो छ।

तर उहाँहरुले त ठुलठुला काम गर्नुभएको छ नि। अन्तर्राष्ट्रियस्तरमा इजरायललाई नचिन्ने को छ ल? सानो सुन्दर हुन्छ तर सानो सुन्दरलाई कहिलेकाहीँ ठूलो आकारमा सृजना गर्नुपर्ने हुन्छ।

सानोलाई ठूलो आकार दिने भनेको साना किसान र व्यवसायी मिलेर ठुलो कृषिको विकास गर्न सक्ने वातावरणमा जाने हो। त्यसो भयो भने उत्पादकत्व पनि बढ्छ।

हाम्रो समाजमा हाम्रो आवाज सुन्ने संयन्त्र पनि बलियो हुन्छ। हामी प्रशोधन र बजारीकरण गर्ने तहसम्मको लागत प्रभावकारिता पनि हुन्छ। त्यसैले साना किसानहरू संगठित भएर सहकारी र सामूहिक खेती प्रणालीको बाटोमा जानैपर्छ, हामीसँग यसको विकल्प छैन। 

कृषिको रुपान्तरण गर्नु जरुरी छ। भेलाले निकालेको निचोड आगामी बजेट निर्माणमा पनि सहयोगी हुने सकुन्। प्राप्त सुझाव कार्यान्वयनमा जानेमा विश्वास दिलाउन चाहान्छु।

(अर्थमन्त्री समेत रहेका डा खतिवडाले साना किसान सम्मेलनमा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश।)

प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  १६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्