काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी शीर्ष सय स्थानमा अटाएका छन् ।
आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले शीर्ष सयमा स्थान बनाएका छन्।
वरीयताको अलराउण्डरतर्फ कप्तान पारस २ स्थान उक्लदै ३८औँ स्थानमा छन्। ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो। अघिल्लो महिना पारस ४०औँ स्थानमा रहेका थिए। उनी ब्याटिङतर्फ पनि दुई स्थान सुधार गर्दै ९२औँ स्थानमा उक्लिएका छन्। अघिल्लो महिना पारस ९०औँ स्थानमा थिए।
अलराउण्डरतर्फ ६० अङ्क पाएका सोमपाल ५०औँ स्थानमा रहेका छन्। यसअघि सोमपाल ५१औँ स्थानमा थिए। त्यस्तै समान ४०९ अङ्क प्राप्त गर्दै बलिङमा सोमपाल ७० र बसन्त रेग्मी ७१औँ स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।