काठमाडौं– ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन्। बिहीबार एक्कासि अस्वस्थ भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। डा यादवदेव भट्टको टोलीले उनको उपचार गरिरहेको छ।
मन्त्री पुनको मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो। उनको सिसियूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ। उनलाई औषधि चलाइएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताइएको छ।
मन्त्री पुन बेहोस भएर लडेपछि उपचारका लागि नर्भिक लगिएको थियो। उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।