• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सम्झनामा रवीन्द्र अधिकारी : ‘अ बन्डल अफ पोजेटिभ इनर्जी’

64x64
नेपाल लाइभ बिहीबार, फागुन १६, २०७५  १०:२९
1140x725

रवीन्द्र अधिकारीको व्यक्तिचित्रका लागि फोटो खिच्न हामी सराङकोटको टावरसम्म पुग्ने सिँढीहरू चढ्दै छौं। उनलाई देख्नेहरू भन्दै छन् ‘सर, नमस्कार। कहिले आउनुभयो?’ ‘आउनुस, बस्नुस् चिया खाऊँ।’ ‘सर, बाटो पिच गर्न बजेट नै आएन।’ उनी फर्काउँदै छन्, सबैका नमस्कार र प्रश्नका उत्तर। म भने यता सोच्दै छु, उनी लोकप्रिय नै रहेछन्।

अचम्म मान्छु। अचम्म किनभने, एउटा जमाना थियो जहिले राजनीतिज्ञलाई आदर, सम्मानका दृष्टिले हेरिने गरिन्थ्यो, उनीहरूको राजनीतिक निष्ठा, साधारण जीवन र विचारलाई अनुकरण गरिन्थ्यो तर विशेष गरी २०४६ को राजनीतिक परिवर्तनपछि भित्रिएको राजनीतिक विसंगति, अस्थिरता, सत्तालिप्सा, नैतिक स्खलन र अहिले आएर नयाँ संविधान निर्माण तथा त्यसको संशोधनमा देखिएको किचलोका कारण समग्र नेपाली राजनीति र राजनीतिज्ञप्रति व्यापक वितृष्णा बढेको छ।

यस्तो अवस्थामा पनि आफ्नो लोकप्रियता कायम गर्न सफल रहेछन् उनी। उनी अर्थात् व्यवस्थापिका–संसद्को विकास समितिका अध्यक्ष तथा कास्की क्षेत्र नम्बर तीनबाट संविधानसभाका दुवै चुनावमा प्रत्यक्ष निर्वा्चित कास्कीका युवा नेता रवीन्द्र अधिकारी।

उनको यस लोकप्रियताका दुइटा आधार छन् जस्तो लाग्छ। एउटा आधार, उनको सकारात्मक सोच हो। छोटो कद, डम्म ज्यानका उनी, अंग्रेजी अभिव्यक्ति सापटी लिने हो भने, ‘अ बन्डल अफ पोजेटिभ इनर्जी’ जस्ता लाग्छन्। अर्को आधार, उनको विकासपक्षीय दृष्टिकोण, जसलाई उनले आफ्नो पुस्तक ‘समृद्ध नेपाल’ मा लिपिबद्ध गरेका छन्। 

भूगोलविद् डा. पीताम्बर शर्माले उक्त पुस्तकको भूमिकामा लेखेका पनि छन्— लेखकमा विकासप्रतिको व्यग्रता बढी नै देखिन्छ। सायद त्यही कारणले पनि होला अधिकारीका ‘विचारले नेपालको सपना देख्नेहरूमा आशा सञ्चार गर्नेछ’ भनेर राजनीतिक विश्लेषक तथा लेखक झलक सुवेदीले पुस्तकमा लेखेका।

तर, पढ्नेलाई अधिकारीको विकास दृष्टिकोण पूँजीवादी लाग्छ। त्यो धेरैलाई अनौठो लाग्न सक्छ, किनकि उनी वैचारिक हिसाबले वामपन्थी हुन्।

२०२६ वैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाविस जामुनाबोटमा जन्मेका उनको परिवारिक पृष्ठभूमि, गाउँ अनि स्कुल सबै वामपन्थी थियो। त्यसैले सानैदेखि उनमा राजनीतिक चेत विकास भएको थियो। २०३६ सालको जनमतसंग्रहका बेलालाई पञ्चायत समर्थक हजुरबुवालाई ‘निर्दलको रंग त नीलो भएछ नि!’ भनेर झुक्काएर बहुदलमा भोट खसाल्न लगाउने प्रयास गरेको सम्झन्छन् उनी।

स्वाभाविकै हो, उनी स्कुल छँदै अखिलको राजनीतिमा लागे। अनि सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनका माध्यमबाट राजनीतिक जागरण सिर्जना गर्ने गतिविधिमा संलग्न भए। प्रवेशिका परीक्षापछि अखिलको किल्ला मानिने पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्न पुगेपछि त उनी झनै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको राजनीतिक गतिविधिमा सक्रिय भए। र, २०४५ सालमा स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिमा निर्वा्चित भए। सिर्जनात्मक काम गर्ने उनले पृथ्वीनारायण क्याम्पस कलेजभवन निर्माण, क्याम्पसगेट र बाटो निर्माण, विद्यार्थी पोसाक अनिवार्य गराउनेजस्ता महत्वपूर्ण काम गरे।

nimb
nimb
Ncell 2
Ncell 2

अधिकारीभन्दाअघि पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका झलक सुवेदी अधिकारी व्यवस्थापकीय हिसाबले कुशल रहेको सम्झन्छन्। उनी भन्छन्, ‘वामपन्थी विचार, गतिविधिलाई अखिलको पंक्तिभन्दा बाहिर लैजानुपर्छ भन्ने हाम्रो विचारलाई उनले कार्यान्वयनमा ल्याए।’

आफ्नो त्यही व्यवस्थापकीय गुणलाई अधिकारीले राम्रो प्रयोगमा ल्याए जब उनी स्नातकोत्तर पढ्न त्रिभुवन विश्वविद्यालय आए। त्यहाँ स्ववियु सभापति हुँदा उनले पुस्तकालय राम्रो बनाउने, लगेको पुस्तक फिर्ता नगर्नेको नाम सार्वजनिक गर्ने, पुस्तक ढिला बुझाउनेलाई कडा फाइन लगाउने, वरिष्ठ प्राध्यापकहरूको सम्मान गर्ने, प्राज्ञिक बहस चलाउने, विश्वविद्यालय हाताभित्र क्रिकेट ग्राउन्ड बनाउन स्वीकृति दिनेजस्ता काम गरे।

तत्कालीन शाहज्यादा पारसले चलाएको गाडीको ठक्करका कारण मरेका गायक प्रवीण गुरुङको न्यायका लागि आन्दोलन गर्ने, ‘हत्यारा बस्ने दरबारमा होइन जेलखानामा हो’ भन्दै पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिनका लागि गरिएको आन्दोलनको प्रमुख अगुवाइ गरेकै कारण उनले राष्ट्रिय राजनीतिमा छिट्टै पहिचान बनाउन सके।

त्यसपछि जनप्रतिनिधि भएपछि मुलुकबारे अलि सोच्न थाले। कसरी मुलुकको विकास गर्न सकिन्छ? विकासका चुनौती के–के हुन्? किन विकासका लागि राजनीति भएन? उनको विकासप्रति चाहना यति थियो कि, उनी भन्छन्, मान्छेहरू उनलाई यसले विकास गर्छ, राजनीति गर्दैन भन्थे। झलक सुवेदी भन्छन्, ‘राजनीति नै विकासका लागि गर्ने हो। तर, राजनीति र विकास फरक–फरक हुन् भन्ने धारणा बनेको छ। त्यसैले पनि होला विकासप्रति चासो राख्ने नेताको छवि बनेको छ रवीन्द्रको।’

जनप्रतिनिधि हुनुभन्दा अघिदेखि नै विकास कार्य या विकासका लागि दबाब सिर्जना गर्नेजस्ता काममा अग्रसर हुँदै आएका थिए। उनी सम्झन्छन्, ‘म जनप्रतिनिधि नहुँदै अमरसिंह चोकमा थन्केको पानीका पाइप देखेर एकदमै थकथक लागेको थियो। आठ–दस करोडको अभावमा मर्दीखोलाको पानी पोखरा सहरमा ल्याउनका लागि किनिएको ती पानीका पाइप अलपत्र परेर बसेका थिए। 

म जनप्रतिनिधि भइसकेपछि पहिलो काम नै ती पाइपको उपयोग गरी पोखरामा पानी झार्ने काम गरें।’ त्यस्तै, पोखरामा क्षेत्रीय एयरपोर्ट निर्माणका लागि महइभ्वपूर्ण पहल र पोखरा काठमाडौंजस्तो साँघुरो नहोस् भनेर १८ फिटभन्दा सानो बाटो बनाउन नपाइने, चार आनाभन्दा कम जग्गामा घर बनाउन नपाइनेजस्ता नियमहरू बनाउन उल्लेख्य भूमिका पनि उनले निर्वाह गरे।

पछि व्यवस्थापिका–संसद्को संसदीय विकास समितिको सभापति भएपछि उनलाई नेपालको विकासमा केही हस्तक्षेप गर्न, केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने लागेर विकासका कार्यमा झनै सक्रियताका साथ उनी लागेका छन्। र, उनको पछिल्लो समय नेपाल–चीन जोड्ने नाकाहरू, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ–काठमाडौं फास्टट्र्याक आदिको निरीक्षणमा बित्ने गरेको छ। अधिकारीको विकास हस्तक्षेपबारे झलक सुवेदी भन्छन्, ‘विकास समिति नीति बनाउने, निर्णय गर्ने निकाय होइन, खालि अनुगमन गर्ने निकाय हो।

तर, पनि विकास समितिको सभापतिका हैसियतले अधिकारीले विकासका चुनौतीका गाँठा फुकाउने, विकास आयोजनाका कामको निरीक्षण गर्ने, आयोजना स्वीकृत गर्न वा कार्यान्वयनमा लैजानका लागि सरकारलाई दबाब दिने गरेका छन्। अरू कोही सभापति भएको भए आयोजनाहरूमा आफ्ना मान्छेहरू भर्ती गर्दै, आयोजना प्रमुखहरूसँग डिनर खाँदै आफ्नो कार्यकाल सक्थे।’

देशको समृद्धिको सपना देख्ने अधिकारीले आफ्नो ठाउँ पोखराको सपना देख्नु कुनै अस्वाभाविक भएन। अचेल उनी पर्यटकीय सहर पोखरालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर घोत्लिरहेका छन्। पोखरालाई कसरी स्मार्ट सिटी बनाउने, ग्रेटर पोखराको अवधारणाअनुसार कसरी पोखरा र यस नजिकका ठाउँहरूको एकीकृत विकास गर्न सकिन्छ भनेर आफ्ना धारणाहरू अन्तर्वार्ता र लेखहरूमार्फत राख्दै आएका छन्।

त्यस्तै गरी, पोखराको दिगो विकासका लागि र पोखरालाई काठमाडौंजस्तो अव्यवस्थित हुन नदिन पोखराबाट १०, २०, २५, ५० किमि टाढा रहेका ठाउँहरूमा स्याटलाइट सिटीहरू बनाउने, तिनलाई पोखरासँग राम्रो चार लेनको बाटोले जोड्ने, स्थानीय उत्पादनको बिक्री वितरण सहज बनाउनेजस्ता योजनाहरू उनले दिमागमा बुनेका छन्।

तर, उनका विकास योजनाले भौतिक विकासको परिकल्पना मात्र गरेको छैन, साहित्य, कला, संगीत, संस्कृतिको विकास पनि परिकल्पना गरेको छ। उनी भन्छन्, ‘साहित्य, संगीत, कलाबिना कुनै पनि ठाउँ जीवन्त, सजीव, चलायमान हुन सक्दैन। राम्रो कला, साहित्यले राम्रो संस्कार, संस्कृति दिन्छ र तिनले सोच्ने, बुझ्ने कलाको विकास, सभ्य समाजको निर्माण गर्छन्। आधुनिक सहर निर्माणले मात्र सभ्यता ल्याउँदैन। त्यसैले हामीले साहित्य(कलामा खर्च होइन, लगानी गर्नुपर्छ।’

(बराल फाइनप्रिन्टका प्रबन्ध सम्पादक एवं नेपाल लिटरेचर फेस्टिभलका निर्देशक हुन्। लिटरेचर फेस्टिभल २०७२ का सन्दर्भमा प्रकाशित ‘हर्पन’ पत्रिकाको सामग्री)

प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५  १०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्