Vianet Vianet
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १७, २०८३ Sun, May 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रवीन्द्र अधिकारी : चर्चित नेता

64x64
नेपाल लाइभ बिहीबार, फागुन १६, २०७५  ०९:२४
1140x725

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको छ। बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा उनको निधन भएको हो। 

काठमाडौंबाट बिहान ८ बजे उडेको एयर डाइनेस्टीको कलसाइन एएस ३५० हेलिकोप्टर साढे १ बजे फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दुर्घटना भएको हो।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो। विमानस्थलको निरीक्षण गरी फर्कने क्रममा उक्त दुर्घटना भएको हो। दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाएका छन्।

अधिकारी गत चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएका थिए। 

उनको राजनीतिक यात्रा विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको थियो। कालान्तरमा उनले सोही संगठनको नेतृत्व गर्ने अवसर पनि पाए। सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयमा रेडक्रस तथा विभिन्न क्लबहरुमा संलग्न हुन्थे। उनी जुन संगठनसँग जोडिए, सबैमा चर्चा कमाए। 

२०४४ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु कमिटीको अध्यक्ष, २०४५ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सदस्य, २०४५ सालमै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएका थिए। २०५६ सालमा उनी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष भए। उनी २०५३ सालमा नै स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित भएका थिए।

व्यवस्थापनमा स्नातकोत्तर गरेका अधिकारीको जन्म ०२६ वैसाख २२ मा कास्कीको भरतपोखरीमा भएको थियो।

अधिकारी तीन पटकसम्म सोही जिल्लाबाट निर्वाचित भएका थिए। २०६४ सालको संविधानसभा चुनावमा कास्की क्षेत्र नम्बर ३ बाट विजयी अधिकारीले १३ हजार ३ सय ८६ मत पाएका थिए। यस्तै २०७० सालको दोस्रो संविधानसभा चुनावमा १३ हजार १ सय १० मत ल्याएर विजयी भएका थिए। ०७४ सालको प्रतिनिधिसभामा चुनावमा भने कास्की २ बाट २७ हजार २ सय ७ मत पाएर विजयी भएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

एमाले विभाजन भएसँग बामदेव गौतम नेतृत्वको नेकपा मालेतिर गएका उनका लागि ०५६ सालको प्रतिनिधिसभा चुनाव भने सुखद हुन सकेको थिएन। सो चुनावमा उनले कास्की १ मा पराजित भएका थिए। त्यतिबेला उनले १ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए। पछि उनी मूल पार्टी एमालेमै फर्किए।

त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुँदा पुस्तकालय, शैक्षिक वातावरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रवेश परीक्षा, वरिष्ठ प्राध्यापकहरुको सम्मानजस्ता रचनात्मक कार्यक्रम सञ्चालन गरेर अधिकारीले चर्चा कमाएका थिए। साथै, विद्यार्थीमाझ लोकप्रिय पनि भएका थिए। 

शिक्षामा भएको निजीकरण र व्यापारिकरण विरुद्धको आन्दोलन होस् वा कालापानी मार्च होस् उनले आफूलाई सधैं जनताको पक्षको नेताको रुपमा उभ्याइरहे। सीमा सुरक्षा अभियान, नेपाली भू–भाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध तथा शाहज्यादा पारस शाहको ज्यादती विरुद्ध आन्दोलन, हत्यारा बस्ने दरबारमा होइन जेलखानमा हो भन्दै पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने नेता उनै थिए। 

सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिलाउन अधिकारीको भूमिका थियो। त्यतिबेलादेखि नै उनी ठूलो समूहको नजरमा परे। उदयीमान नेताको संकेत पनि दिए।

०६२/६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमन विरुद्धको आन्दोलनमा अधिकारी पटकपटक गरी पाँच महिना जेल बसेका छन्। 

०६४ सालमा निर्वाचित भएपछि सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्वेन्सी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, एमआरपी आदि विषयमा विभिन्न उप-समितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए। 

दोस्रोपटक संविधानसभा सदस्य भएका बेला उनले संसदको विकास समितिको नेतृत्व गरेका थिए। सो समितिबाट भएका कतिपय निर्णयहरु यद्यपि चर्चित छन्। त्यतिबेला अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल भएका थिए।

अधिकारीका 'संविधानसभा: लोकतन्त्र र पुनर्संरचना'  र 'समृद्द नेपाल' पुस्तक प्रकाशित छन्।

पछिल्लो समय उनी नेपाल वायु सेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी जहाज अनियमिततामा जोडिएका थिए। संसद्को सार्वजनिक लेखा समिति अन्तर्गत उपसमितिको छानबिन प्रतिवेदनले मन्त्री अधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको थियो। यद्यपि वाइडबडी अनियमितता प्रकरण अझै सुल्झिएको छैन।

प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र समसामयिक विषयमा छलफल हुने
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए आइतबार, जेठ १७, २०८३
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र समसामयिक विषयमा छलफल हुने आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
आफ्नो अधिकार सुरक्षित नभएसम्म अमेरिकासँग कुनै सम्झौता नगर्ने इरानको अडान आइतबार, जेठ १७, २०८३
धवलशमशेरले घोषणा गरे नयाँ अभियान आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्