काठमाडौँ- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मीर विवाद्लाई लिएर चलिरहेको विवाद् विग्रिएर युद्धमा जाने अवस्था आए त्यो भारतीय प्रधानमन्त्री मोदी र आफ्नो नियन्त्रणमा नरहने बताएका छन्।
दुई भारतीय लडाकू विमान खसालेपछि देशमा नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले यस्तो बताएका हुन्।
पाकिस्तानी सेनाले बुधवार दुई भारतीय लडाकू विमान खसाएको र एक पाइलटलाई नियन्त्रणमा लिएको दावी गरेको थियो। जसको भारतले पनि पुष्टि गरिसकेको छ।
ख़ानले दुई मुलुकसँग जनु हतियार छन् त्यसलाई लिएर युद्धमा गए कस्तो अवस्था आउँछ भन्ने अुनमान गर्न सकिने बताए। ‘मेरा पाकिस्तानी... हिजोदेखि जनु हालात बनिरहेको छ त्यसबारे मैले तपाईहरुसँग के भन्नु थियो,’ आफ्नो सम्बोधनमा निकै सालिन रुपमा प्रस्तुत भएका खानले भने, ‘पुलवामापछि मैले हिन्दुस्तानलाई जाँचमा सहयोगको अफर दिएको थिएँ। मलाई थाहा छ कि यस्तो हमालामा पीडित परिवारमाथि के बित्ने गर्छ।’
उनले बाध्यतामा आफ्नो सेनाले जवाफ दिनु परेको बताएका छन्। ‘प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो,’ खानले भने, ‘कुनै पनि सम्प्रभु मुलकु यत्तिकै चुप रहन सक्दैन्। हामी चुप लागेर आफैलाई अपराधी बनाउन सक्दैन्थ्यौं। हामीले बुधबार जवाफ दियौं र बतायौं– तपाईं हाम्रो मुलुकमा आउन सक्नुहुन्छ भने म पनि तपाईंको मुलुकमा आउन सक्छु।’
खानले पुलवामा हमालामा जाँच गर्न भारतलाई सघाउन आफूहरु तयार हुँदा हुँदै पनि भारतले आक्रमण गरेपछि जवाफ दिनुपरेको बताए।
यसैबीच पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ़ गफ़ूरले आफ्नो बचाउका लागि भारतमा हमाला गर्नुपरेको बताएका छन्। ‘हामीले हमला आफ्नो बचाउका लागि गरेका हौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘पकिस्तानी सेनासँग जवाफ दिनुको अलवा केही विकल्प थिएन्।’
उनले आफूहरुले शान्तिको बाटो हिँड्न चाहेको र शान्तिपूर्वक रहन पाउनु जनाताको हक भएको बताए।
बसेर छलफल गर्न पनि भारतलाई आग्रह गरे। ‘आउनुहोस मिलेर बसौं र बाचचित गरौं,’ उनले आग्रह गरे, ‘पाकिस्तानको शान्तिको आग्रह भारतले सुनौंस् र फैसला गरोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।