काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले टी–२० खेलमा करिअरकै उत्कृष्ट बलिङ गरेका छन्।
पाकिस्तान सुपर लिग (पिएसएल) टिम लाहोर क्वालन्डर्सका लागि सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका हुन्। उनले क्वेउटा ग्लाडिएटर्सविरुद्ध ४ विकेट लिँदै टी–२० खेलमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका छन्।
सन्दीपले ४ ओभरमा १० रनमा मात्र खर्चिए भने कुनै बाउन्डि दिएनन्। आफूले गरेको २४ बल मध्ये सन्दीपले १५ बल डट फ्याँकेका थिए। यसअघि सन्दीपको टी–२० उत्कृष्ट प्रदर्शन ३ विकेट लिएर ११ रन दिनु थियो।

बुधबार दुबईमा भएको खेलमा सन्दीपले पहिलो विकेटको रुपमा ग्लाडिएटर्सका ओपनर सेन वाट्सनलाई चौथो ओभरमा ७ रनमा एलबिडब्लूको धरापमा पारे। छैटौं ओभरको पहिलो बलमा सन्दीपले रोली रस्सोलाई डेभिड विइसीको हातबाट ८ रनमा क्याच गराए। त्यही ओभरको अन्तिम बलमा उनले उमर अकबललाई १ रनमा बोल्ड गरे।
सन्दीपले चौथो विकेट डानिस एजाजको लिए। उनले एजाजलाई १ रनमा हारिस सोहिलको हातबाट क्याच गराए।
जारी खेलमा टस जितेको लाहोरले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ग्लाडिएर्टसले पहिले ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।