काठमाडौं– थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको अन्तिम खेलमा कुवेतलाई ३० रनले पराजित गरे पनि नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ।
छनोट शीर्ष एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो। अन्तिम खेलमा आयोजक थाइल्यान्डले युएईलाई ५० रनले पराजित गर्दै छनोट प्रतियोगितामा स्थान पक्का गरे।
नेपालले छ खेलबाट १० अङ्क जोड्यो। नेपाल दोस्रो स्थानमा रह्यो। थाइल्याण्ड सबै खेल जित्दै १२ अङ्क जोडेर शीर्ष स्थानमा रह्यो। नेपालको ग्लोबल छनोट यात्रामा मुख्य बाधक थाइल्याण्ड नै बन्यो। राउण्ड रोविनको आधारमा भएको छनोटको छ खेलमा पाँच जीत निकाल्न सफल नेपाल थाइल्याण्डसँग नै पराजित भएको थियो। गत बिहीबार भएको दोस्रो खेलमा थाइल्याण्डसनसँग ५८ रनले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।