मकवानपुर– मकवानपुर प्रहरीले ८५ केजी गाँजा नियन्त्रणमा लिएको छ। राक्सिराङ गाउँपालिका ६ स्थित जितबहादुर स्याङ्तानको घरबाट गाँजा नियन्त्रणमा लिइएको हो।
५ वटा बोरामा राखिएको गाँजा नियन्त्रण गरिएको मकवानपुरका एसपी मुकेशकुमार सिंहले जानकारी दिए।
घरधनी स्याङ्तान फरार रहेकाले खोजी भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।