चितवन- सर्वसाधारणलाई सडक पार गर्न सजिलाे हाेस् मन्न भरतपुर महानगरपालिकाले नारायणगढको सहिद चोकमा ट्राफिक बत्ती जडान गरेको छ। सवारी साधन र सर्वसाधरणको भिड हुने सहिद चोकमा चितवनमै पहिलाे पटक ट्राफिक बत्ती जडान गरिएको हो।
दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक बत्ती जडान गरिएकाे महानगरपालिकाले जनाएकाे छ। ट्राफिक बत्ती जडान भएसँगै सवारीसाधन तथा यात्रुले संकेत चिन्हकाे आधारमा सडक पार गर्न सक्नेछन्।
जिल्लामै पहिलो पटक परीक्षणका रुपमा मात्रै जोडिएको महानगरपालिकाले जनाएकाे छ। कुल २५ लाख रुपैयाँकाे लागतमा बत्ती जडान गरिएकाे हाे। जसमा यार्सा टेक्नोलोजी काठमाडाैंले २० लाख र भरतपुर महानगरपालिकाले ५ लाख रुपैयाँकाे लगानी छ। नीजी साझेदारी अवधारणमा साे बत्ती जडान गरिएकाे यार्साले जनाएकाे छ। लगानी गरेबापत यार्साले विज्ञापन बाेर्ड राख्न पाउनेछ।
सहिद चोकको प्रभावकारीता हेरेर ट्राफिक बत्तीलाई पुल्चोक, चौबीसकोठी र हाकिमचोकमा पनि छिट्टै राखिने महानगरपालिकाले जनाएको छ। ट्राफिक बत्ती जडान भएपछि यात्रु तथा सावारीलाई सहजता हुने विश्वास गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।