काठमाडौं– भारतीय वायुसेनाले पाकिस्तानी क्षेत्रमा बम आक्रमण गरेकाे भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। भारतीय वायुसेनाका सुत्रलाई उद्धृत गर्दै आज बिहान साढे ३ बजेकाे समयमा पाकिस्तानकाे बालाकाेट क्षेत्रमा बम आक्रमण गरिएकाे समाचार प्रशारण भएका बिबिसीले जनाएकाे छ।
'मंगलबार बिहान ३:३० बजेकाे समयमा भारतीय वायुसेनाकाे विमानले पाकिस्तानकाे बालाकाेट नजिक रहेकाे 'जैश-ए-मोहम्मद'काे एक क्याम्पमा बम खसाली ध्वस्त पारिएकाे छ', समाचारहरुमा भनिएकाे छ।

तर, भारतीय अधिकारीहरुले भने आक्रमणबारे आधिकारिक रुपमा पुष्टि गरेका छैनन्।
उता पाकिस्तानले पनि भारतीय वायुसेनाले भारत–पाकिस्तान सीमा रेखा(एलओसी) उल्लंघन गरेको दाबी गरेको छ। पाकिस्तानले भारतीय वायुसेना आफ्नाे क्षेत्रमा प्रवेश गर्न काेशिष गरेकाे आराेप लगाएकाे हाे।
भारतीय कांग्रेस अध्यक्ष राहुल गांधीले पनि आक्रमणकाे पुष्टि गरेका छन्। उनले वायुसेनालाई बधाइ दिँदै ट्विट लेखेका हुन्। 'म भारतीय वायुसेनाका चालकहरुलाई सलाम गर्छु', ट्विटमा भनिएकाे छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले पनि ट्विट गर्दै मुजफ्फाराबाद क्षेत्रमा भारतीय सेनाले पाकिस्तानकाे क्षेत्रमा घुस्न काेशिष गरकाे दाबी गरेका छन्।
'साेपश्चात् पाकिस्तानी सेनाले जावाफी कारबाही गरेकाे थियाे, त्यसपछि उनीहरु भागेका थिए', उनले ट्विटमा भनेका छन्, 'भाग्ने क्रममा भारतीय सेनाले हडबडाहटमा आएर केही बम खसाेलेकाे थियाे, ती बमहरु बालाकोटकाे नजिक खसाइएकाे थियाे। त्यसबाट कुनै जनधनकाे क्षति भएकाे छैन।'

काश्मिरकाे पुलवामा फेब्रुअरी १४ मा भएकाे आतकंवादी आक्रमणपछि भारत-पाकिस्तान सम्बन्धमा दरार सृजना भएकाे छ। ४० जना सुरक्षाकर्मीकाे मृत्यु हुनेगरी भएकाे साे आत्मघाती हमलाकाे जिम्मेवारी लिएकाे 'जैश-ए-मोहम्मद'लाई पाकिस्तानले संरक्षण गरेकाे भारतले आराेप लगाउँदै आएकाे छ। उता पाकिस्तानले भने आराेपकाे खण्डन गर्दै आराेप प्रमाणित गरेर देखाउन चुनाैती दिएकाे छ।
पाकिस्तानले दुई देशबीचमा सम्बन्ध चिसिएकाे बेला बम आक्रमणकाे दाबी गरेकाे हाे।

पुलवा हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा बललाई पूर्णरुपमा छुट दिएकाे बताएका थिए। प्रत्युत्तरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमाथि आक्रमण भएमा पाकिस्तानले पनि जवाफी कारबाही गर्ने चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।