काठमाडौं– ३ मिनेट ढिला पुग्दा विपक्षी दलले ५ घन्टासम्म बैठक बहिष्कार गरेको र मन्त्रीले माफी मागेको जापानको खबर सार्वजनिक भइरहेको समयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्नै मन्त्री र कर्मचारीलाई दुई घन्टासम्म कुराएका छन्।
आफ्नै कार्यालय सिंहदरबारमा आयोजित 'कृषिको वर्तमान अवस्था र भावी योजनाबारे प्रधानमन्त्रीसँग प्रस्तुतीकरण' नाम दिइएकाे सो कार्यक्रम ११ बजे सुरु हुने भनिएको थियो। तर, प्रधानमन्त्री एक बजेपछि मात्रै कार्यक्रम स्थल पुगेका थिए।
कार्यक्रममा सहभागी हुन समयमै पुगेका मन्त्री र कर्मचारीले त्यतिञ्जेल प्रधानमन्त्रीलाई कुरिरहे।
कार्यक्रममा कृषिमन्त्री चक्रपाणी खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पद्मा अर्याल लगायत सो मन्त्रालयका कर्मचारी उपस्थित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।