भैरहवा– भैरहवाको बाल सुधार गृहबाट झ्याल फोडेर भागेका ६ थुनुवामध्ये ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार–३ उदयपुरका २१ वर्षीय सिद्धार्थ जंग लामा, चोरी मुद्दामा एक महिना कैद र २ लाख ५२ हजार जरिवाना फैसला अन्तर्गत सजाए भुक्तान गरिरहेका विरुवागापा–४ स्यांजाका १७ वर्षीय अनिस थापा र चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका बुटवल उप–महाननगपालिका ८ का १८ वर्षीय राजेश सुनार रहेका छन्।
अन्य तीन जनाको खोजी भइरहेको रुपन्देहीका एसपी हृदय थापाले बताए।
उनका अनुसार फरार भएका ६ जना खेतको बाटो हुँदै नौतनवा पुगेको र त्यहाँबाट ट्रेन चढेर गोरखपुर पुगेका थिए।
उनीहरूले मोबाइल चोरेर खर्च व्यवस्थापन गर्दै आएको उनले बताए। उनीहरूले बिक्री गरेको ६ थान मोबाइल समेत बरामद भएको उनले बताए।
फरार भएका ६ जनामध्ये ४ जना नेपाल आएको तथा २ जना भारतका अन्य सहरतर्फ गएको अनुसन्धानमा खुलेको छ।
पक्राउ परेका तीन जनालाई बाल सुधार गृहमा पठाइएको र कारागार ऐन अन्र्तगत थप कारबाहीको लागि प्रक्रिया अघि बढाइएको एसपी थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।