काठमाडौं– नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने भएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सेवाग्राहीले पाउने सेवाको समयसमेत उल्लेख गरिएको नागरिक बडापत्र जारी गर्न लागिएको जानकारी दिए।
उनले सो बडापत्रमा ट्यांकरले पम्पहरूमा र पम्पबाट नागरिकहरूले कति समयमा पेट्रोलियम पदार्थ पाइसक्ने भन्ने कुरा खुल्ने गरी राख्न टिम नै तयार पारि कामलाई अघि बढाइएको पनि बताए।
पौडेलले सिस्टमको विकास हुन नसकेकाले निगमले सेवाग्राहीहरूको गुनासो सम्बोधन गर्न नसकेको पनि बताए।
शुक्रबार पत्रकार सम्मेलन गरी उनले सरकारले जारी गरेको निगमसम्बन्धी नागरिक बडा पत्रले सेवाग्राहीको मागलाई सम्बोधन गर्ने अवस्था नरहेपछि आफूले नयाँ बडा पत्र जारी गर्ने सोच बनाएको पनि स्पष्ट पारे।
कार्यकारी निर्देशक पौडेलले पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थहरूको अभाव नहुने गरी स्टोर गरिएको पनि स्पष्ट पारे।
आफूले निगमको काम थालेको ४५ दिन भएको र यसबीचमा सबैभन्दा बढी पम्पहरूमा पेट्रोलियम पदार्थ स्टोर गर्न आफू सफल भएको कार्यकारी निर्देशक पौडेलको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।