• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

तराई–मधेसको कामचलाउ भाषा हिन्दी हुनुपर्ने हो

64x64
नेपाल लाइभ बिहीबार, फागुन ९, २०७५  १८:४५
1140x725

मधेसबारे दुईटा दृष्टिकोण छन्।

पहिलो, मधेस, भूमि, समाज, सभ्यता, परम्परा, संवेदना र पीडालाई हेर्ने सनातन दृष्टिकोण छ। यो सनातन दृष्टिकोण पाहाडियाबाट आउँछ। त्यसको केन्द्र भनेको सिंहदरबार हो। 

मधेस, जसलाई आन्तरिक उपनिवेश भनिन्छ। आन्तरिक उपनिवेशबाट पीडित मधेसी संवेदना या दृष्टिकोणचाहिँ अर्को दृष्टिकोण छ। 

यी दुई दृष्टिकोण नितान्त परस्पर विरोधी छन्। बाहिरबाट हेर्दा अहिले त्यो घर्षण शान्त भएको जस्तो देखिन्छ। 

सिंहदरबारकै भाषा प्रयोग गर्ने हो भने, मधेसीले संविधान स्वीकार गरे। यद्यपि यो संविधान रक्तरञ्जित छ। 

संविधान जब बनिरहेको थियो, मधेसमाथि अखण्ड शक्तिको प्रयोग भएको थियो। यो संविधानमा तीनवटा समुदायको रगत छ। अलिकति थारुहरुको रगत छ। अलिकति पहाडीको रगत छ। ५५/५६ जना मधेसीहरुले यो संविधानमा रगत दिएका छन्।

रगतले लत्तपत्तिएको संविधान लागू गर्न जहिले पनि कठिन हुन्छ। धेरै घाउहरु छन्। सबैभन्दा असहज कुरा के छ भने, जसले जसमाथि आफ्नो स्वार्थ लागू गराउनका निम्ति शक्ति प्रयोग गर्‍यो, त्यसले वास्तवमा कत्ति पनि पश्चाताप गरेको छैन। 

संविधान निर्माण प्रक्रियामा जसरी घाउहरु बनाइयो, तिनका घाउ अहिले पनि आलै छन्।

nimb
nimb
Ncell 2
Ncell 2

यी दुई वटा दृष्टिकोण, दुई वटा पक्षबीचको सम्बन्ध अहिले पनि एकदमै तिक्त छ। तर, भनिन्छ— मधेसीहरुले संविधान स्वीकार गरे। संविधान अन्तर्गत चुनाव लडे। चुनावमा जिते। प्रदेशमा शासक पनि भइसके। कुरा त सकियो नि। के को मधेसको आक्रोस? के को मधेसको अन्याय? ९५ प्रतिशत माग पुरा भए। 

निर्मलाको हत्याराको कुरा उठ्छ। बलात्कारी ९५ प्रतिशत पक्राउ परिसके भनिन्छ। ५ प्रतिशत तपशीलको कुरा भयो। डा केसी (गोविन्द केसी)को कुरा उठ्यो,  ९५ प्रतिशत त पूरा भइसके भनियो। ५ प्रतिशत तपशीलको कुरा भयो। मधेसको कुरा पनि त्यही हो।

त्यो सिंहदरबारको दृष्टिकोण हो। सिंहदरबारको भाषा हो।

मधेसीहरुको संवेदनाको जड कुरा के होला? मधेसीहरु त्यत्रो ऐतिहासिक संघर्षको कालपछि, मधेस—पहाडको बीचमा यत्रो घर्षण भइसकेपछि, परिवर्तनका यतिविधि कुरा उठेर संविधानै निर्माण भइसकेपछि मधेसको आँखाले पहाडलाई कसरी हेर्दो हो? त्यसको भावना के होला? 

भावनात्मक दुरी कत्ति पनि कम भएको छैन। संघीय गणतन्त्रको संविधान निर्माण भइसकेपछि पनि, त्यसको कार्यन्वयन प्रारम्भ भइसकेपछि पनि, प्रदेशहरुको स्वरुप निर्माण भइसकेपछि पनि मधेसी युवाहरु, मुस्लिम अल्पसंख्यकहरुको जुन भावना छ, त्यसको दुरी कत्ति पनि घटेको छैन। त्यसको चोट, त्यसको अडान, त्यसको सन्ताप कत्ति पनि घटेको छैन। 

पहिचानको कुरा गर्दा सबैभन्दा अधारभूत कुरा भाषाको हो। नेपाल संघीयतामा जाँदा संघीयताको मुद्दा उठाउने, त्यसलाई आम मान्छेको कानमा पुर्‍याउनेहरुले भनेका थिए— पुरानो राज्यसत्ता एकात्मक भयो। देशभरिका सबै साधन स्रोत, सबै अख्तियार, सबै अधिकार सिंहदरबारमा केन्द्रित भयो। संघीयतामा जाने भनेको अधिकारको वितरण गर्नु हो। साधन स्रोतको बाँडफाँट गर्नु हो।

आत्मनिर्णयको अधिकार पनि तीनलाई दिनुपर्छ। आत्मनिर्णयको अधिकार भनेको यो देशलाई टुक्राएर बिहारमा हुलिदिने होइन। संविधानमा प्रदेशले जति अधिकार प्राप्त गर्छ, ती अधिकारको सीमाभित्र रहेर आफ्नो नियतीको निर्धारण गर्ने हक प्रदेशलाई छ। आत्मनिर्णय भनेको त्यही हो।

तर, अहिलेसम्म हेर्दा के देखिएको छ भने भावनात्मक दुरी कत्ति पनि घटेको छैन। स्थानीय तह अथवा प्रदेशमा उनीहरुको आकांक्षा के हुँदो हो भने त्यो अधिकार आएपछि केही सहज हुन्छ। त्यहाँ बस्ने हाकिम जुन हुन्छ, त्यसले मेरो भाषा बुझ्छ। अहिले त भाषा नबुझ्ने अरु नै छन। दोभासे पनि केही राखिएको हुँदैन।

सत्ता, स्रोत, साधन, अख्तियार र प्रतिष्ठाका साधनहरु मेरो आँगनमा आउँछन्। भाषा बुझ्ने हाकिम हुन्छ। तर त्यो परिकल्पना अथवा बाचा पुरा भएन। 

स्थानीय तहमा अथवा प्रदेशमा त्यहीको भाषालाई राजकीय कामकाजी भाषाको रुपमा प्रयोग गर्नुपर्ने हो। त्यसको त अहिले चर्चै छैन। सबै ठाउँमा नेपाली भाषा छ। शक्तिशाली सिडिओ छ।
पहिलेको सिडिओलाई पञ्चायतमा जिल्लाको राजा भनिन्थ्यो। प्रदेशको निर्माण भइसकेपछि, त्यसको संरचना निर्माण भइसकेर कार्यान्वयन सुरु भइसकेपछि पनि अख्तिायारको केन्द्रमा को रहेछ? सिडिओ रहेछ। 

प्रदेशले प्राप्त गर्ने, संविधानले निर्धारण गरेको साधनस्रोतमाथिको निर्णय, त्यसको परिचालनमा प्रदेशको कुनै अधिकार छैन। प्रहरी नियुक्त गर्ने, प्रहरीलाई सरुवा—बढुवा गर्ने अधिकार दिइएको छैन। 

प्रदेशको सञ्चालन गर्ने कर्मचारीलाई माथिबाट आएको आदेशका आधारमा खटनपटन गराइएको छ। अहिलेको प्रदेश भनेको ‘टेक्निकल’ प्रदेश हो। 

अधिकार केही पनि नभएको, सिंहदरबारको शासकले हेपिरहेको प्राविधिक संरचना मात्रै निर्माण गरिएको छ।

पहाडका सबै समुदायले नेपाली भाषा बुझ्छन्। लिम्बुको भाषा राईले बुझ्दैन। राईमा पनि अनेक समुदाय छन। राईको भाषा राईले बुझ्दैन। गुरुङको भाषा मगरले बुझ्दैन। तर, ती सबैले नेपाली भाषा बुझ्छन्। 

जनजाति समुदायहरु एकले अर्काको भाषा नबुझ्ने भएको हुनाले दैनिक कामचलाउ भाषाको रुपमा नेपाली भाषालाई अपनाउने गरेका छन्। 

केही इतिहासकारले त भन्छन्— हामीलाई भानुभक्तले यस्तो बनाइदिए। त्योभन्दा बढ्ता लाहुरबाट आएको हो। सबै जनजातिहरु लाहुरमा गए। त्यहाँ उनीहरुलाई नेपाली भाषा सिकाइयो, हिन्दूकरण गरियो। भाषा सिके। परिणाममा त्यसको एउटा राम्रो कुरा के भयो भने एउटा पारस्पारिक सम्पर्क भाषाको निर्माण भयो।

समग्रमा तराई–मधेसको सम्पर्क भाषा भनेको के हो? त्यो मैथली होइन, भोजपुरी होइन, अवधी होइन, थारु होइन। हिन्दी हो। हिन्दी भाषा भन्ने बित्तिकै राष्ट्रवादीहरुलाई निकै अप्ठ्यारो लाग्छ। कोही–कोहीका लागि हिन्दी भाषा दिल्लीका शासकहरुको विस्तारवादी भाषा हो।

तर, समग्र मधेसीले बुझ्ने सम्पर्क भाषा हिन्दी हो। हिन्दी भाषाको वृहत परिवारभित्र तराई–मधेसका सबै भाषा पर्छन्। न्यायोचित कुरा गर्ने हो भने संवादलाई सहज पार्न तराई–मधेसको कामचलाउ भाषा हिन्दी हुनुपर्ने हो। 

नेपाली भाषाले मात्रै प्रयाप्त हुँदैन। त्यही भेगका धेरैले नेपाली बुझ्दैनन्। तर, हिन्दी भाषा ‘हाइ–हुई’ जोडेरी पहाडीले पनि बोलिदिन्छ। शेर्पाले पनि भारतीय रेलमा जाँदा उसले केही बुझ्दैन भने पनि आफ्नो नेपाली भाषाको शब्द–रचनामा ‘हाइ—हुई’ जोडेर काम चलाउँछ।

यो धेरै गम्भीर कुरा हो। 

पहिचान, सञ्चार, पारस्पारिक सम्पर्क स्थापना गर्ने कुरा गर्दा, एकअर्का बीचको पर्खाल भत्काउने कुरा गर्दा सम्प्रेषणको पनि कुरा आउँछ। यस विषयमा ख्याल गरिएन। 

अर्को संवेदनशील विषय नागरिकता हो। नागरिकता सम्बन्धी अन्तरिम संविधानले व्यवस्था गरेको थियो। त्यसलाई खण्डित तुल्याइयो, अपूर्ण तुल्याइयो। अहिले पनि नागरिकताको कुरा उठ्ने बित्तिकै आमाको नामबाट नागरिकता दिन सनातनी शासकहरुलाई अत्यन्तै अप्ठ्यारो छ।

३४ लाख पारिका मान्छेले नागरिकता लियो भन्ने आरोप मधेसीमाथि छ। हरेकले आफ्नो इच्छाअनुसार त्यसको संख्या बढाउँदै जान्छन्। चित्रबहादुर केसी सुन्नुहोस्। सिपी मैनाली सुन्नुहोस्। साध्यबहादुर भण्डारीलाई सुन्नुहोस्। कोहीले २४ लाख गैरनेपालीले नागरिकता लिए भन्थेँ, अहिले ४४ लाख पुगेको छ। 

खुल्ला सिमाना भएपछि वारिपारीका केहीले नक्कली नागरिकता लिनु स्वभाविकै हो। जति नियन्त्रण गरे पनि केही नक्कली हुन सक्छन्। नागरिकताको लागि योग्यता नपुग्नेहरुले नागरिकता पाएका छन् भने दिएको कसले? कांग्रेस–एमालेका सिडिओले हो नि त। आफूले नियुक्त गरेको सिडियोले नागरिकता बेच्छ। त्यसको अपजस मधेसीलाई कसरी हुन्छ? यो धेरै ठूलो अन्याय हो।

(विवेकशील साझा पार्टीले बिहीबार राजधानीमा आयोजना गरेको ‘मधेस मिशन’ अभियान अन्तर्गत ‘मधेस मन्थन’ बहस श्रृंखलामा संग्रौलाले व्यक्त गरेको विचारको सम्पादित अंश।)

प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्