काठमाडाैं - कमल पोखरी मिचेर ठमेलमा छायाँदेवी कम्प्लेक्स निर्माण गरेकाे भन्ने आराेप आधारहीन र मिथ्या भएकाे दाबी कम्प्लेक्स सञ्चालकहरुले गरेका छन।
गुठीको जग्गा मिचेर छाँयादेवी कम्प्लेक्स निर्माण भएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएको बेला व्यवस्थापनले पत्रकार सम्मेलन गरेर आफ्नाे बचाउ गरेका हुन्।
कम्प्लेक्सका लगानीकर्ता तथा पर्यटन व्यवसायी सुमन पान्डेले आफुहरुले कुनै पनि ऐन कानुन मिचेर कम्प्लेक्स नबनाएको बताए। 'विगतमा के के भएको थियो, त्यो हामीलाई थाहा छैन’, उनले भने, ‘हामीले ११ वर्ष अगाडि जग्गा खरिद गरेर कम्प्लेक्स निर्माण गरेको हौं।’
कसले कुन बेला के भन्यो वा के लेखे त्यसमा आफलूहरुले विश्वास नगर्ने तर, कानुनी आधारमा मात्रै आफुहरु अगाडि बढेको उनको दाबी छ। जिल्ला अदालत काठमाडौं र उच्च अदातलत पाटनलेसमेत कम्प्लेक्सकै पक्षमा फैसला गरेको समेत उनको भनाइ छ। यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।
कम्प्लेक्स व्यवस्थापनले पत्रकार सम्मेलन गर्दै आफ्नो बचाउ गरिरहेको बेला स्थानीय केही युवा भने पत्रकार सम्मेलन कक्षमै आएर विरोध गरेको थिए। स्थानीयले कमलपोखरी मिचेर छाँयादेवी कम्प्लेक्स निर्माण भएको र यस्तो हुँदै जाने हो भने कुनै दिन रानी पोखरी मिचेर माँयादेबी कम्प्लेक्स्समेत बन्न सक्ने भन्दै विराेध गरेका थिए।
यो पनि : ठमेलको कमलपोखरी हडपेर यसरी बनाइयो १५ तले छायाँ सेन्टर


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।