अमरावत– स्कटल्यान्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा ओमान २४ रनमै अलआउट भएको छ।
मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम १७.१ ओभरमा २४ रनमा अलआउट भएको थियो। यो योगफल 'लिस्ट ए'को खेलमा चौथो कम हो
खेलमा ओमानका लागि खावर अलीले सबैभन्दा बढी १५ रन जोडेका थिए। उनले ३३ बल खेल्दा १ चौका प्रहार गरे। ओमानका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन्। जसमा ओपनरद्वय जितेन्दर सिंह र ट्वीङ्कल भण्डारी खाता नै खोल्न नपाइ आउट भए। ओपनरद्वयसहित ६ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन्।
बलिङमा स्कटल्यान्डका आर स्मिथ र एड्रियन निलले ४–४ विकेट लिए। निलले ४.१ ओभरमा २ मेडनसहित ७ रन र स्मिथले ८ ओभरमा ३ मेडनसहित ७ रन नै खर्चिए। यस्तै एलास्डयर एभान्सले ५ ओभर बलिङ गरेर २ विकेट लिए।
२५ रनको लक्ष्य स्कटल्यान्डले ३.२ ओभरमै पार गर्यो। उसका लागि म्याथ्यु क्रसले नटआउट १० र केल केइट्जरले नटआउट १६ रन जोडे।
यसअघि पहिलो टी–२० खेलमा ओमानलाई स्कटल्यान्डले ७ विकेटले हराएको थियो। खेलमा ओमानले १ सय ११ रन जोडेको थियो। एकदिवसीय सिरिजमा अब २ खेल बाँकी छ।
टी–२० विश्वकप खेलिसकेको ओमान हाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।