सप्तरी– नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ।
राजविराज नगरपालिका–५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ धर्मपुर का ६२ वर्षीया गंगा मोचीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
गए रातिदेखि नै उपचारका लागि प्रतीक्षा सूचीमा बसेका मोचीको आज बिहान पिसाब गर्न गएको बेला लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।
मृतकका श्रीमती धनेश्वरी मोचीकाअनुसार मृतक गंगा मुटु, पायल्स र टिबी रोगबाट ग्रसित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।