काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेसियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ।
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय २६ रन बनायो।
नेपालका लागि ओपनिङ खेलाडी सीता रानामगरले ४२ रन जोडिन्। सीताले ४० बलमा २ चौका हिर्काइन्। सीता र अर्की ओपनर काजल श्रेष्ठले पहिलो विकेटका लागि ४६ रन जोडेका थिए।
कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन्। उनले २५ बल खेल्दा ३ चौका प्रहार गरिन्। त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन जोडिन्।
नेपालले मलेशियापछि दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ। एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन्। राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।