चितवन- भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जितबहादुर सार्की रहेका छन्।
जगतपुरबाट भरतपुर आउँदै गरेको बा१५च ४९२६ नंको कारले पैदलयात्री सार्कीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ भने चालक फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।