बैतडी- करेन्ट लागेर बैतडीमा मंगलबार बिहान एक विद्युत कर्मचारीको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाटन नगरपालिका ६ का ५५ वर्षीय भानसिंह खत्री रहेका स्थानीय दिनेश विष्टले जानकारी दिए।
मंगलबार बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युतको विद्युत गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।